धनकुटाबाट ६ करोडको आँप निकासी
धनकुटा खबर, साउन २२ । यो बर्ष धनकुटाबाट ६ करोड ८४ लाख रुपैयाँको आँप जिल्ला बाहिर निकासी भएको छ ।

जिल्लाबाट माल्दा र काली बम्बाई जातका १० लाख १४ हजार किलो आँप विक्री भएको जिल्ला कृषि बिकास कार्यालले जानकारी दिएको छ ।
न्यनतम ६० रुपैयाँ देखि अधिकतम ९० रुपैयाँ सम्म विक्री गरेर किसानहरुले ५० हजार देखि ९ लाख सम्म कमाएको कार्यालयको तथ्यांक छ ।
हाल धनकुटा जिल्लामा ३ सय ७५ हेक्टरमा आँप खेती भईरहेको कार्यालयका प्रमुख भरत प्रसाद बिंडारीले जानकारी दिनुभयो ।


