धनकुटा जिल्लाको बिकास र उन्नतीका लागि पाटी भन्दा माथि उठेर काम गर्छौं : सभापति टंक चौहान
जिल्ला समन्वयन समितिले काम शुरु गर्यो
धनकुटा खबर, भदौ १ । जिल्ला समन्वयन समितिको नव गठित जिल्ला सभाले आफ्नो काम आरम्भ गरेको जानकारी दिएको छ ।

कार्यालयले समितिका सभापति टंक चौहानको अध्यक्षतामा आज पत्रकार सम्मेलन गरेर समितिले गरेको बिभिन्न निर्णयहरुको सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको छ ।
सभापति चौहानले उक्त पत्रकार सम्मेलन मार्फत् बिज्ञप्ती जारी गरेर शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न सहगोग गर्ने सबै धनकुटाबासीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
कार्यक्रममा चौहानले जिल्लाको बिकास र उन्नतीका लागि पाटी भन्दा माथि उठेर काम गर्ने जानकारी दिनुभयो ।
हाल नेपाल सरकारको मन्त्री परिषदले समितिलाई जिल्लाका ७ तहको कामलाई अनुगमन र समन्वयनको लागि बिभिन्न ४ वटा अधिकारहरु दिएको कार्यक्रममा स्थानिय बिकास अधिकारी पर्व प्रसाद साप्कोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा उपसभापति बंगला राई,नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ लगाएत सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


