धनकुटा नगरको बजेट ४६ करोड !
धनकुटा खबर, भदौ ९ । आर्थिक बर्ष ०७४-०७५ का लागि धनकुटा नगरपालिकाले ४६ करोड १० लाख ४७ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।

नगरपालिकाले नगरसभाको प्रथम अधिवेशन गरेर चालु तर्फ २१ करोड ८० लाख १४ हजार र पुजिगत तर्फ २१ करोड ३० लाख २ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले कुल बजेटको चालुतर्फ ५३ दशमलव ८ प्रतिशत र पुजिगत तर्फ ४६ दशमलव २ प्रतिशत बजेट रकम रहेको जानकारी दिएका थिए ।


