हङकङबाट बाढीपहिरो पीडितलाई २० लाख बराबरको सहयोग

धनकुटा खबर, भदौ ११ । हङकङमा कार्यरत नेपाली र संघ संस्थाहरुले नेपालका बाढीपहिरो पिडितहरुलाई २० लाख बराबरको बिभिन्न बन्दोबस्तीका सामाग्री सहयोग गरेका छन् ।

हङकङमा कार्यरत नयां शक्ति नेपालका केन्द्रिय आयोजक समिति सदस्य घनश्याम चौलागाईको पहलमा उक्त सहयोग जुटाईएको हो ।

नेपालबाट सर्लाहिका सम्भु खड्काको बिशेष पहल र हङकङमा कार्यरत सर्लाहीका आधा दर्जन भन्दा बढी संस्थाहरुको पहलमा पिंडितहरुको लागि खाद्यन्न,लत्ता कपडा र बन्दोबस्तीका सामान सहयोग जुटेको हो ।

हङकङमा रहेका १ दर्जन भन्दा बढी नेपाली संस्था र २ हजार भन्दा बढी नेपालीहरुको सहयोगमा करिव ९ दिनको अन्तरालमा उक्त सहयोग जुटेको चौलागाईले धनकुटा खबरलाई जानकारी दिनुभयो ।

उक्त सामाग्रीहरु नेपाल सरकार मार्फत् पिडितहरुलाई वितरण गरिएको चौलागाईंले धनकुटा खबरलाई जानकारी दिनुभयो ।


तस्वीर सौजन्य : घनश्याम चापागाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।