धनकुटामा बार्षिक ५२ करोड रुपैया बराबरको दुध उत्पादन
धनकुटा खबर, भदौ ११ । धनकुटामा बार्षिक ५२ करोड रुपैया वरावरको १३ हजार मेट्रिक टन दुध उत्पादन हुन शुरु भएको छ ।

अघिल्लो आर्थिक वर्ष ७२÷७३ मा ४९ करोड ९० लाख ८४ हजार रुपैया वरावरको १२ हजार ४ सय ९६ मेट्रिक टन दुध उत्पादन भएको थियो ।
उक्त उत्पादनमा बृद्धि भएर गतआर्थिक वर्ष ७३÷७४ मा धनकुटामा ५२ करोड रुपैया वरावरको १३ हजार मेट्रिक टन दुध उत्पादन भएको जिल्लामा पशुसेवा कार्यालय धनकुटाले जानकारी दिएको छ ।
पछिल्लो केही वर्ष यता किसानहरुले उन्नत गाई खरिद गरी ब्यबसायीक पशुपालन गर्न थालेपछि दुध उत्पादन वढेको कार्यालयका पशुचिकित्सक डा. झविन्द्र मरासिनीले जानकारी दिनुभयो ।
धनकुटामा उत्पादित दुध मध्ये करिव ८० प्रतिशत दुध जिल्ला वाहिर खपत हुने गरेको छ ।
दैनिक २० मेट्रिक टन दुध निकासी गर्ने धनकुटाले यो बर्ष २९ करोड २० लाख रुँपैयाको भित्राएको कार्यालयको तथ्यांक छ ।


