कांग्रेस खाईलाग्दो पार्टी हो, एक्लै चुनाव लड्छ : कानुनमन्त्री थापा

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन कानुन अभावका कारण नरोकिने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले निर्वाचनको लागि चाहिने ऐन तथा कानूनको अभावले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नरोकिने दाबी गरेका हुन् ।

उनले भने,‘निर्वाचनलाई चाहिने ऐन तथा कानूनहरु उपलब्ध गराउनका लागि केही ढिलासुस्ती अवश्य भएकै हो, तर निर्वाचन आयोग पूर्ण रुपमा आश्वस्त रहोस् कि निर्वाचनलाई चाहिने कानून अभावका कारण निर्वाचन कुनैपनि हालतमा रोकिँदैन्।’

साक्षात्कारमा बोल्दै उनले यति दिन वा उति दिन भनेर आफूले अहिल्यै नै एकिनका साथ भन्न नसकेपनि छिटो भन्दा छिटो कानुन आयोगलाई दिने विश्वास दिलाए । उनले थपे,‘एक हप्ता भनेर म किटान गरेर भन्न सक्दिन् तर छिटो हामी कानून दिन्छौं।’

मन्त्री थापाले निर्वाचनसम्बन्धी कानुनबारे अहिले संसदको राज्य व्यवस्था समितिमा गहन छलफल भैरहेको र त्यसमा केही संशोधनको समेत कुरा उठिरहेकोले यति नै दिनभित्र कानुन उपलब्ध गराउन सकिन्छ भनेर दाबा गर्न नसकेपनि चाँडै आयोगलाई कानुन दिने स्पष्ट पारे । उनले भने,‘काुनन दिनेबारे अब कुनै शंका नगरौं, यो रेडिमेड कपडा पसलमा गएर सुट किनेजस्तो होईन, हामी कानुन अब चाँडै उपलब्ध गराउँछौं।’

थापाले स्थानी तहको असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने बताए । उनले थपे,‘कांग्रेस ठूलो र पूरानो पार्टी हो, खाईलाग्दो पार्टी हो, म त भन्छु कांग्रेसले एक्लै चुनाव लड्नुपर्छ, तर यदि आवश्यक पर्यो भने छलफल गरेर अन्य दलसँगपनि चुनावी तालमेल गर्न सकिन्छ।’

त्यस्तै उनले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टी नै पहिलो बन्ने समेत दाबी गरे । ‘विगतमा कांग्रेसले गरेको गल्तीबाट पाठ सिकेको छ, अब हुने निर्वाचनमा हाम्रो पार्टी नै पहिलो हुन्छ, यो मेरो ठोकुवा मात्रै होईन दाबा पनि हो,’ उनको भनाई थियो । बिजपाटी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।