‘प्रचण्डले माधब नेपालको आगनमा ग्याँस सिलिण्डर बाँडे, नेपालले प्रचण्डको जिल्ला पुगेर के-के भाँडे ?’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले रौतहटमा छन् । रौतहट एमाले वरिष्ठ नेता माधव कुमार नेपालको गृहजिल्ला हो । यहाँ प्रचण्डले बाढी पीडितलाई राहत वितरिणका साथै उनीहरुका समस्याबारे जानकारी लिइरहेका छन् ।

बिहीबार बाढी पीडित क्षेत्रको अवलोकन र राहत बितरणपछि प्रचण्डले पीडितका समस्या सम्बोधन गर्न गम्भीरतापूर्वक लाग्ने बताए ।

प्रचण्डले बिहीबार रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गरेका थिए । अवलोकनपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने बताएका थिए ।

प्रचण्डले रौतहटकै गरुडामा एक हजार बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, खाद्यान्नलगायतका राहत सामग्री बितरण गरेका दाहालको निजी सचिवालयले जनाएको छ । राहत वितरण कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहको पनि उपस्थितिमा रहेको थियो ।

यता माधव नेपाल भने आफ्ना जिल्लाका बाढी पीडितलाई राहत बाड्नुको साटो चुनावी प्रचार प्रसारमा खटिएका छन् । संयोगले उनी आज प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरमा छन् । – हाम्रो ईकोनोमी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।