दोक्लमबाट आफ्नु सेना फिर्ता लान भारतले चीनसंग २० अर्ब डलर मागेको नवभारत टाईम्सद्वारा खुलासा

दोक्लाममा राखेको भारतीय सेना फिर्ता गर्नको लागि भारतले चीनसँग पैसाको वार्गेनिङ गरेको कुरा भारतभर चर्चाको विषय बनेको छ ।

भारतको नवभारत टाईम्समा शुक्रबार प्रकाशित एक समाचारमा लेखिए अनुसार भारतले चीनसँग दोक्लाम मुद्दामा आफ्नो सेना फिर्ता गर्नको लागि चीनसँग २० अर्ब डलर ऋण सहयोग मागेको थियो । टाईम्सले चीनले भारत सरकारलाई सेना फिर्ता नहुन्जेल ऋण दिने प्रतिवद्धता व्यक्त गरेको भएपनि पछि आफ्नो बाचाबाट पछि हटेको दाबी गरेको छ ।

टाईम्सका अनुसार चीनको विदेश मन्त्रालयले उक्त रिपोर्ट खारेज गरिदिएको छ जसको आधारमा दोक्लाम विवाद अन्त्य गर्नको लागि भारतलाई २० अर्ब डलर ऋण दिने सहमति भएको थियो । त्यतिबेला यो रिपोर्ट्स चिनियाँ सञ्चार माध्यममा भाइरल समेत भएको थियो ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले बताएका अनुसार यो रिपोर्टको बारेमा चीनका सबै सरकारी अधिकारीहरुसँग छलफल गरेको भएपनि त्यो विषय फर्जी हो । चीनको विदेश मन्त्रालयले पनि एउटा बयान नै जारी गरी भनेको थियो कि भारतलाई २० विलियन डलर दिने कुरा गलत हो । पिपुल्स डेल्ली चाईनाले पनि एउटा आर्टिकल मार्फत् सो कुराको खण्डन गरेको थियो ।

नवभारत टाईम्सले भने यो विषयमा भारतीय सरकारी अधिकारीको स्रोतलाई उदृतगर्दै चीनले यो प्रतिवद्धता गरेको दाबी गरेको छ । अहिले भारतीय सेना दोक्लामबाट फिर्ता भएको छ । तर चिनियाँ सेनाले भने त्यहाँ आफ्नो सार्वमौमसत्ताको संरक्षण गरिरहेको भन्दै सेना राखिरहेको छ । – न्युज२४



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।