दिल्ली विमानस्थलबाट दाऊदका निकट सहयोगी अख्तर मर्चेन्ट पक्राउ
नयाँदिल्ली, २ भदौं । भारत सरकारले विदेशमा लुकेर बस्दै आएका फरार अपराधी माथि कारबाही गर्ने क्रममा फेरि एकपटक ठूलो सफलता हात पारेको छ।
‘अन्डरवर्ल्ड डन’ अर्थात दाऊद इब्राहिमका कथित पूर्व सहयोगी ६० वर्षीय अख्तर मर्चेन्टलाई दिल्ली विमानस्थलबाट पक्राउ गरिएको छ।
मर्चेन्ट सन् २०२३ मा ठाणे जिल्लाको मीरा रोडस्थित काशिमीरा क्षेत्रमा भएको एक बेकरीमा गोली चलाएको तथा जबर्जस्ती रकम असुलीको घटनासँग सम्बन्धित मुद्दामा पछिल्लो तीन वर्षदेखि फरार थिए।
केन्द्रीय एजेन्सी र महाराष्ट्र प्रहरीअन्तर्गत मीरा–भायन्दर, वसई–विरार प्रहरीको अपराध शाखाको संयुक्त अपरेसनमा विदेशबाट भारत फर्किएलगत्तै मर्चेन्टलाई दिल्ली विमानस्थलबाट नियन्त्रणमा लिइएको भारतीय सञ्चामाध्यमहरूले उल्लेख गरेको छ।
इन्टरपोलले यसै महिनाको सुरुवातमा मर्चेन्टविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो।

