दार्जिलिङमा फेरि हिंशा भड्कियो, प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु

दार्जिलिङ, १७ भदौ । दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ ।

गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति बैठकबाट फर्कंदै गरेका मोर्चाका नेता दावा भुटियाको शुक्रबार तकबरको सिंग्ला प्रहरीको गोलीबाट मृत्यु भएको हो । प्रहरीले तीन केन्द्रीय सदस्यसहित १२ जनालाई पक्राउ गरेको मोर्चाले जनाएको छ ।

प्रहरीले केन्द्रीय सदस्य सिलगुडीका शंकर अधिकारी, दार्जिलिङकी सावित्री राईसहित नेतालाई पक्राउ गरेको हो । यता, बिहीबार राति प्रहरीको कुटाइबाट गोर्खा जनमुक्ति मोर्चाकी कार्यकर्ता रोमाना राईको दार्जिलिङमा मृत्यु भएको छ ।

मोर्चाका सहसचिव विनय तामाङले शुक्रबारबाट बन्द खुल्ने घोषणा गरेपछि बिहीबार साँझ निस्केको जुलुसमा प्रहरीले लाठीचार्ज गर्ने क्रममा राईको मृत्यु भएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन् । आन्दोलनकारीमाथि बंगाल प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको मोर्चाले आरोप लगाएको छ ।

प्रहरीको कुटाइले टाउकोमा गम्भीर चोट लागेकी राईको राति ११ बजे मृत्यु भएको थियो । गोर्खाल्यान्ड प्राप्तिका लागि जारी ७९ दिन लामो आमहडताल क्रममा १२ जनाको मृत्यु भइसकेको छ । यसअघि साउन १४ मा सुकुनामा भएको झडपमा परेर अजय क्षत्री र सोनाम तामाङको मृत्यु भएको थियो ।

साउन २ गते मिरिक, मकरजुङका ४५ वर्षीय आशीष तामाङ, असार २ गते राति सडकमा हिँडिरहेका टासी भुटिया, असार २४ गते सुरज सुन्दास र समीर गुरुङ, सोही घटनामा घाइते भएका अशोक तामाङ (उपचारक्रममा), विमल गजमेर, सुनील राई र महेश गुरुङको असार ३ गते प्रहरीको गोलीबाट मृत्यु भइसकेको छ । याे खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।