पूर्व-प्रधानमन्त्री डा. के.आई. सिंहका छोरा एमालेमा प्रवेश, एकल महिलाकी अध्यक्ष पनि एमाले मै !

पूर्व प्रधानमन्त्री डा. के.आई. सिंहका कान्छा छोरा यज्ञजीत शाह एमालेमा प्रवेश गरेका छन । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाल सद्भावना पार्टीको वाट रूपन्देही जिल्लाको क्षेत्र नं. ५ बाट निर्वा्चित साँसद हुन । “मानव अधिकारका लागि महिला ( एकल महिला संरक्षण“ नामक संगठनका केन्द्रीय अध्यक्ष लिलि थापा पनि औपचारिक रूपमा नेकपा (एमाले)मा प्रवेश गरेका हुन ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रदेश नं. २ स्तरीय अगुवा कार्यकता भेलामा उनीहरु पार्टी प्रवेश गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा बैशाखी चाहिने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् । कांग्रेस माओवादी गठनबन्धनप्रति संकेत गर्दै उनले भने बैशाखी त्यतिबेला चाहिन्छ । त्यतिबेला कमजोर हुन्छ । एमाले कमजोर छैन, बैशाखी चाहिँदैन ।’
कांग्रेस एमाले कमजोर भएकै कारणले चुनावमा गठबन्धन नामको बैशाखीको सहारा लिएको दाबी गर्दै उनले एमालेसँग मुकाबिला गर्न कसैसँग हिम्मत नभएको दाबी गरे ।

भेलामा ओलीले दुई नम्बर प्रदेशमा एमाले पहिलो बन्ने दाबी गर्दै चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिए । भेलामा नेताहरु माधव नेपाल, इश्वर पोखरेल, विष्णु पौडेल, योगेश भट्टराई ,नागेनद्र चौधरी लगायतका नेता हरुको सहभागिता रहेको थियो । – हाम्रो ईकोनोमीबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖