महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्था धनकुटा हिलेको छैटौ वार्षिक साधारणसभा सम्पन्न

धनकुटा खबर, भदौ १७ । महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिलेको छैटौ वार्षिक साधारणसभा आज हिलेमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पेमा कुरमारी लामाको अध्यक्षता तथा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सधारणसभामा संस्थाका अध्यक्ष लामाले आ.व.०७३÷०७४ वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले १ करोड, १४ लाख, ६८ हजार, ५ सय ३४ रुपयाँ वरावरको कारोवार गरेको जानकारी गराउनुभयो ।

उहाँले ऋण असुली तर्फ ४१ लाख, १६ हजार, ३ सय ७५ रुपयाँ, निक्षेप संकलन ६५ लाख, २७ हजार, ७ सय ११, शेयर विक्रि वापत १ लाख, ६० हजार, २ सय, व्याज अशुलीवाट २ लाख, ४७ हजार, ७ सय ६५, प्रवेश शुल्क ५ हजार २ सय, सोव शुल्क ३८ हजार, २ सय ६० र विविधमा १२ हजार, गत आ.व.को वैंक मौजाद र नगद मौजाद सहित ३ लाख, ६१ हजार, २३ रुपयाँ गरि जम्मा १ करोड, १४ लाख, ६८ हजार, ५ सय ३४ रुपयाँ वरावरको आय सार्वजानिक गर्नुभएको हो ।

त्यसैगरी व्याय तर्फ खर्च वचत फिर्ता ७४ लाख, ९७ हजार, १ सय २३, ऋण लगानी ३५ लाख, २० हजार, चालु व्याज ७२ हजार, १ सय १, तलव भत्ता १ लाख, १७ हजार, ५ सय, घरभाडा २४ हजार, मसलन्द २६ हजार ८० रुपयाँ, साधरणसभा खर्च ३३ हजार, ८ सय १० रुपयाँ र वैंक मौजाद १ लाख, ७७, ३ सय, ४० रुपयाँ रहेको पनि अध्यक्ष लामाले जानकारी गराएका छन् ।

आ.वं.०७३÷०७४ मा युवा तथा साना व्यावसायी स्वरोजगार कोषवाट पहिलो किस्ता स्वरुप प्राप्त २५ लाख रुपयाँ पनि असार मसान्त भित्रै लगानी गरि सकेको अध्यक्ष लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाले आ.व.०७४÷०७५ को लागी ४५ करोड, ५१ लख रुपयाँ अनुमानि आय प्रस्ताव गरेका छन् भने आ.व.०७३÷०७४ को यथार्थ आय ३ करोड, १ लाख, २१ ह्जार, ४ सय ९ रुपयाँ रहेको पनि स्पष्ट पार्नुभयो ।

हाल संस्थामा २ सय २५ महिला शेयर सदस्य आवद्ध रहेको र दैनिक रुपमा सहकारीले २० देखी २५ हजार रुपयाँ निक्षेप संकलन गर्दै आएको वताउनुभयो । सोही अवसरमा संस्थाको तर्फवाट धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरेन तामाङ, वडा सदस्य फुलमाया वि.क.र संचारकर्मी सर्मिला राई, असल वचत कर्ता लोकमाया तामाङ्ग,अधिक्तम शेयर खरिद कर्ता नवर्दा शाही,असल ऋणी कल्पना राई,एकल महिला मथुरा सिलवाल,चन्द्रमाया तामाङ्ग,गंगा पाठक,तारादेवी खड्का र लालमाया तामाङ्ग लाई, सम्मान पत्र र खदा ओडाएर सम्मान गरिएको थियो ।

साधरणसभामा कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं.१ क वडाध्यक्ष निरेन तामाङ, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे,हिले वजार व्यावस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ तामाङ, जनज्योती वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सिताराम श्रेष्ठ, मजदुर वचत तथा ऋण धनकुटा–१ हिलेका अध्यक्ष गणेश थापा, मातृभुमी महिला समाजकी सचिव कृष्ण आचार्य, जनप्रगती वचत तथा ऋण सहकारी संस्थाका सचिव चन्द्रकृष्ण ठकुरी, हिले वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिष्म खतिवडा,सहकारी अनुगमन समितिका सदस्य वविता राई, फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभाकोे संञ्चालन व्यावस्थापक सुनिता लावतीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका सदस्य कल्पना लिम्वुले राख्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।