हाइड्रोजन बमको सफल परीक्षण भएको उत्तर कोरियाको दाबी

एजेन्सी, भदौ १८ । उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको छ ।

उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले हाइड्रोजन बमको सफल परीक्षण गरिएको बताएको हो । परीक्षण गरिएको हाइड्रोजन बम मिसाइल लोड गर्न सकिने खालको रहेको बताएको समाचार संस्था एएफपी र रोयटर्सले जनाएका छन् ।

हाइड्रोजन बम परीक्षणका लागि उत्तर कोरियाका नेता किम जोङ–उनले निर्देशन दिनुभएको हो । उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले नेता किमले बम परीक्षणका लागि निर्देशन सम्बन्धी पत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले हाइड्रोजन बमको सफल परीक्षणले देशको परमाणु कार्यक्रमको अन्तिम लक्ष्य पुरा हुने देखिएको दाबी गरेको छ । परीक्षणको क्रममा रेडियोएक्टिभ सामग्री लिक पनि नभएको र वरपरको वातावरणमा पनि प्रभाव नपरेको केसिएनएले दाबी गरेको छ ।

ठूलो क्षमतासहितको बमका साथमा पछिल्लो परीक्षण भएको केसिएनएले जनाएको छ । ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाने गरी उत्तर कोरियाले गरेको हाइड्रोजन बमसहितको परमाणु परीक्षणपछि जापान तथा दक्षिण कोरियाले सुरक्षा सतर्कता बढाएका छन् ।

यस्तै दक्षिण कोरिया सुरक्षा अधिकारीको बैठक बसेको छ । दक्षिण कोरियाले अबको कदमका बारेमा अमेरिकासँग परामर्श गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।