एक नेपालीद्वारा बलिदान दिएको जमिन अझै सम्म भारतले आफ्नो भनी दाबि गरेपछि…

कञ्चनपुर । सीमा विवादका क्रममा गत फागुन २६ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर गोविन्द गौतमको ज्यान गएपछि बन्द रहेको पुनर्वास नगरपालिका–६, आनन्द बजार सीमा नाका अझै चल्न सकेको छैन ।

नेपालीहरूले विवादित कल्भर्ड नेपाली भूमिमा बनेकोले उक्त भूमि नेपालको भएको दाबी गरिरहेका छन् भने भारतीयहरु उक्त भूमि आफ्नो बताउँदै आइरहेका छन् ।

तर, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्य नाकाहरुमा निर्वाध रूपमा आवत–जावत गर्न दिए पनि सो नाका भएर भारतीय बजार बसही जान भने रोक लगाइएको छ ।

घटनाको केही दिनपछि नेपाली पक्षले आवतजावत सहज बनाए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कुनै पनि हालतमा उक्त नाका भएर भारत जान नदिने भन्दै पूर्ण रूपमा रोक लगाएको छ ।

नेपालको तर्फबाट नाका सहज बनाइए पनि एसएसबीले कल्भर्ट कब्जामा लिएर कसैलाई आवतजावत गर्न नदिएको स्थानीय हेमन्त न्यौपानेले बताए ।

उनले हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल राखिएको भए पनि उनीहरूले सीमा खुलाउन कुनै पहल नगरेको बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले उक्त क्षेत्र विवादित भएको भन्दै आफूले नाका सहजका लागि पहल गरिरहेको बताए ।

उनले दुवै देशका सीमाविदहरुको छलफलबाट मात्रै दीर्घकालीन समस्या समाधान गर्न सकिने भन्दै त्यसका लागि मन्त्रालयमा पत्राचार गरेको जानकारी दिए ।

उता, सहीदपत्नी लक्ष्मी गौतमले एसएसबीले अहिलेसम्म घटनाको जिम्मेवारी नलिएको भन्दै दुःख व्यक्त गरेकी छन् । उनले नेपाल सरकारले पहल नगरिदिँदा भारतीय पक्षबाट पाउनु पर्ने क्षतिपुर्ति समेत नपाएको बताइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।