धनकुटा वचत सहकारीले संकलन गर्यो ७ करोड निक्षेप
धनकुटा खबर, भदौ २० । धनकुटा सदरमुकाममा रहेको धनकुटा वचत तथा ऋण सहकारी संस्थाले गतआर्थिक वर्षमा ७ करोड रुपैया निक्षेप संकलन गरेको छ ।

सहरकारी संस्थाले १३ औं वार्षिक साधारण सभाको आयोजना गरेर संस्थाले उक्त जानकारी दिएको हो ।
१ हजार जना शेयर सदस्य रहेको संस्थाले चालु आवमा ८ करोड रुपैया निक्षेप संकलन गर्ने लक्ष्य राखेको छ ।

कुल २० लाख ८१ हजार ८ सय शेयर संकलन गरेको सहकारीले सहकारीले ४ करोड ६ लाख ४५ हजार ५ सय ८५ रुपैया ऋण लगानी गरेको छ ।
सहकारीले चालु आर्थिक बर्षम तपाइसँग तपाइकै साथी कार्यक्रम लिएर एक शेयर सदस्यले एक वर्षमा थप एक साथी बनाउने कार्यक्रमलाई अभियानको रुपमा लैजान लागेको घोषणा समेत गरेको छ ।
सहकारी अध्यक्ष निरेन तामाङको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले गरेका थिए ।


