‘राजपाका नेताहरुले मधेश बिर्से, पैसामा बिके’

काठमाडौं, २० भदौ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिन राष्ट्रिय जनता पार्टीका महासचिव तथा बीरगंजका प्रभावशाली नेता विमल श्रीवास्तवले उक्त पार्टी छाडेका छन् ।

उनी राजपा परित्याग गरी बिजय गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् । उनलाई प्रवेश गर्नासाथ गच्छेदारले बीरगंज महानगरपालिकाको मेयर उम्मेदवार बनाएको छ ।

राजपाबाट बीरगंज महानगरपालिकाको मेयरमा उम्मेदवारका चर्चामा रहेका श्रीवास्तवलाई उक्त पार्टीले टिकट नदिएपछि उनी आक्रोसित भएर लोकतान्त्रिक फोरममा प्रवेश गरेका हुन् । राजपाले श्रीवास्तावलाई टिकट दिने आश्वासन दिएर आज राजेशमान सिंहलाई दिने निर्णय गरेको थियो ।

सिंहलाई टिकट दिएपछि आज बीरगंंजमा पार्टीका कार्यकर्ताहरुको भेलामा श्रीवास्तवले ६ वटा पार्टी मिलेर बनेको राजपाका नेताहरु पैसामा बिकेको आरोप लगाएका छन् । राजपाका नेताहरुले मधेश र मधेशी जनताको हक अधिकार बिर्सेर पैसामा बिकाउ भए ।

राजपाका कार्यकर्ताको भावना विपरीत पैसामा टिकट बिक्री गरे, श्रीवास्तवले भने, राजपाले मधेश मुद्दा बिर्सिएका कारण पनि अर्को पार्टीबाट मधेशको मुद्दा स्थापित गर्नका लागि चुनावमा उम्मेदवारी दिने निर्णयमा पुगेका छौ । भोलि हुने उम्मेदवारी मनोनयनमा जुट्न पनि उनले राजपाका कार्यकर्तालाई आग्रह गरेका छन् । दृश्टीन्यूजबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।