माओवादीको झण्डा र प्रचण्डको पुत्ला जलाए कार्यकर्ताले !
पर्सा । माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले आफूनिकट कार्यकर्तालाई टिकट दिलाएको विरोधमा कार्यकर्ताले पार्टीको झन्डा जलाएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मा नेतृ अर्यालले आफूनिकट कार्यकर्तालाई टिकट दिएको विरोधमा कार्यकर्ताहरुले घन्टाघरमा भेला भएर विरोध जनाएका हुन् ।
विरोधका क्रममा कार्यकर्ताहरुले पार्टीको झन्डा पनि जलाएका छन् । उनीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेतृ अर्यालको पुत्ला पनि जलाएका छन् । जनता समाचार


