रौतहटमा मध्यराति मेयर उम्मेदवारको घरनजिकै बम विष्फोट, विस्तृत विवरण आउन बाँकी…

रौतहट । प्रदेश नम्बर दुईमा असोज दुई गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकै दिन बुधबार राति रौतहटमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर उम्मेदवारको घरनजिकै बम विस्फोट भएको छ ।

सिरहामा एमाले उम्मेदवारको घरमा विस्फोट भएको भोलिपल्टै रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाको पूर्वपश्चिम महेन्द्र राजमार्गमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

यो विस्फोट माओवादी केन्द्रको तर्फबाट मेयर पदमा बुधबार उम्मेदवारी दर्ता गराएका समीर भट्टराईको घर नजिकै भएको स्रोतले जनाएको छ । बुधबार राति करिव साढे नौ बजे बम विष्फोट भएको थियो । विष्फोटबाट कुनै क्षति नभएको स्रोतको भनाइ छ ।

बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । यसअघि मंगलबार राति लहानमा पनि अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

सुरक्षा स्रोतले सो विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्ने अनुमान गरेको छ । – नेपाल पाना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖