सुन तस्करी प्रकरणमा गृहमन्त्री र आईजीपी मौन !

काठमाडौं । सुन तस्करी प्रकरणमा गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालले रहस्यमय रुपमा मौनता देखाएका छन् । दुई साताको बीचमा छुट्टा–छुट्टै स्थानबाट अपराध महाशाखाले ८८ केजी र केन्द्रीय अनुन्धान व्यूरो (सीआईवी)ले १५ केजी सुन बरामद गरेका छन् । प्रहरीले यसलाई ठूलो सफलताको संज्ञा दिएपनि गृहमन्त्री र आईजीपी भने मौन छन् ।

सानातिना काममा चर्चाका लागि फेसबुक मार्फत पोष्ट गरिहाल्ने गृहमन्त्री शर्माले केही सुन तस्करहरुलाई जोगाएको आशंका गरिएको छ । किनकी यो सुन तस्करी प्रकरण उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराको नेटवर्कसम्म जोडिएको छ ।यस अघि केन्द्रीय अनुन्धान व्यूरो (सीआईवी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वरामद गरेको ३३ किलो सुन प्रकरणमा पनि महराको नाम मिडियामा छाएको थियो ।

सिआईवीले भदौ १४ गते सुनसहित पक्राउ गरेका पेम्बा दोर्जे शेर्पा माओवादी निकट मानिन्छन् । शेर्पाको सुन तस्करीमा बादशाह मानिने नारायण पौडेल र राजकुमार पौडेलकोको समूहसँग कनेक्सन रहेको छ । सिआईवीले बरामद गरेको १५ किलो सुनका असली मालिक पौडेल दाजुभाई रहेको र उनीहरुलाई जोगाउन गृहमन्त्रालयमा ठूलो चलखेल भएको स्रोतको दावी छ । स्रोतका अनुसार गृहको दबाबपछि सिआईवीले उनीहरुलाई केही गर्न सकेको छैन ।

राजकुमार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष हुन् । उनले पाँच करोड खर्च गरी माओवादीबाट चुनाव जितेका थिए ।सिआईवीले शेर्पा र पौडेल दाजुभाईको फोन कनेक्सनको अनुसन्धान गर्ने हो भने दुधको दुध पानीको पानी छुट्टिने सिन्धुपाल्चोकका एक व्यापारी बताउँछन् ।

त्यसो त प्रहरीसँगको सेटिङमै लामो समयदेखि रसुवागढी नाका हुँदै सुन तस्करी भइरहेको छ । ८८ किलो सुन काठमाडौं ल्याउँदा पनि कतै चेकिङ नहुनुलाई प्रहरीको ठूलो कमजोरीको रुपमा लिइएको छ । तर, यस प्रकरणमा गृहमन्त्री र आईजीपीले कुनै पनि युनिटका प्रहरीलाई कारबाही गरेका छैनन् ।

होटल व्यवसायको आवरणमा नेपालमा लामो समयदेखि सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वान विई मिङले नेपाली सुन तस्करहरुसँग मिलेर तस्करी गर्दै आएका थिए । गाडी प्रहरीले चिनुन् र चेकजाँच नगरुन् भनेर भिआईपीको लोगो राखेर तस्करी गर्दै आएका थिए । रसुवागढी नाकादेखि बालाजुसम्म १२ वटा चेक प्वाइन्ट छन् । तर, उनको गाडी कहि कतै चेकिङमा परेन ।

यसरी सुन तस्करीको घटनामा प्रहरीको गम्भीर लापरवाहि देखिएपनि आईजीपी अर्यालले कुनै पनि प्रतिक्रिया जनाएका छैनन् । पछिल्लो समय सुन तस्करीमा पौडेल दाजुभाई र विजय अग्रवालको समूहले सुन तस्करी गर्दै आइरहेको प्रहरी स्रोत नै बताउँछ ।- युनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖