मण्डलकै नेता झाले भने,- घोषणापत्र राजेन्द्र महतोले भाडाका टट्टु लगाएर बनाएका हुन्
काठमाडौ, २२ भदौ । तराई केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा)ले नेकपा माओबादी केन्द्र संघीयता बिरोधी भएको निश्कर्ष निकालेको छ । पार्टीले बिहीबार सार्बजनिक गरेको घोषणापत्रको ५ औं पृष्ठमा ‘अन्य पार्टीहरुबारे राजपाको दृष्टिकोण’ सम्बन्धी शीर्षकमा भनिएको छ, ‘नेकपा माओबादी केन्द लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी हो । शक्तिका बलमा सत्ता कब्जा गर्ने नीतिबाट माओबादी केन्द्र संचालित छ अधिनजायकबाद र सर्वसत्ताबादमा बिश्वास राख्ने हुनाले माओबादीको मूल चरित्र संघीयता बिरोधी हो ।’
मुलुकमा ब्याप्त दण्डहीनता भ्रष्टाचार असुरक्षा , अशान्ति , एवं अराजकता मुख्य रुपले नकेपा माओबादी केन्द्रकै कारण हाबी भएको, मधेश आन्दोलनको क्रममा शहीद महतोका हत्यारा र ५२ जना मधेशी शहीद सपुतहरुको हत्याका लागि समेत मुख्य जिम्मेबार नेकपा माओबादी केन्द्र नै रहेको घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा भनिएको छ , ‘नेपाली काग्रेस लोकतान्त्रिक पार्टी भएर पनि सघीयता र समाबेशी लोकतन्त्रका लागि प्रतिबद्ध छैन र मधेशमैत्री समेत होइन । नेकपा एमाले सघीयता र समाबेशीकरणका बिरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेशप्रति अनुदार पार्टी हो ।’
पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको घोषणापत्र १८ पृष्ठको रहेको छ । पत्रकार सम्मेलमा राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, अनील झा, महेन्द्र यादब, शरदसिह भण्डारी लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
घोषणापत्र सार्बजनिक भए लगत्तै अध्यक्ष मण्डलकै नेता अनील झाले घोषणापत्र आफूहरुले हेर्न नपाउँदै सार्वजनिक गरिएको र घोषणापत्रमा अन्य पार्टीलाई हेर्ने दुष्टिकोणका सन्दर्भमा गम्भीर असहमति रहेको जनाउनुभएको थियो । ‘राजपाको घोषणापत्र राजेन्द्र महतोले भाडाका टट्टु लगाएर बनाएका हुन्, त्यसैले मेरो सहमति छैन’ झाले भन्नुभयो । अध्यक्ष मण्डलकै अर्का नेता महेन्द्र राय यादबले पनि घोषणापत्रमा चुनाबमा गइरहको पार्टीलाई संघीयता र लोकतन्त्र विरोधी भन्नु नहुने भन्दै असहमति जनाउनुभयो ।


