१६ वर्ष ४ महिना सम्म नेपाल प्रहरीमा सेवा गरेर कमाएको सम्पत्ती श्रीमतीले उडाए पछि पूर्व प्रहरी हल्दारको उठिबास

श्रीमती मानव तस्करीमा लागेको श्रीमानको आरोप

तरहरा, नेपाल प्रहरीमा १६ वर्ष ४ महिना सम्म सेवा गरेर कमाएको सम्मती श्रीमतीले उडाए पछि पूर्व प्रहरी हल्दार ध्रवकुमार श्रेष्ठ अहिले विचल्नीमा परेको छन । तलवबाट आएको रकमले जोडेको जग्गाजमिन समेत श्रीमतीले झ्याम वनाएको भन्दै अहिले पूर्व हल्दार श्रेष्ठ विरत्तीएका हुन ।

भोजपुर दलगाउ ७ सहेरे घई भई इटहरी वस्दै आएका पूर्व हल्दार श्रेष्ठ आफ्नै श्रीमतीबाट पिडित भएको भन्दै न्यायको खोजीमा हिडेका हुन । श्रीमती सरिता लिम्वुले आफ्नो इटहरीमा भएको एक कठ्ठा जग्गा १ लाख रुपैयामा धरानकी जय लिम्वुलाई राजिनामा पास गराई दिएको उनको भनाई छ । श्रीमतीले भारत हुदै महिलाहरु विदेश पठाउँने दलाल काम गर्ने थाले पछि आफु पनि जेल जाने डरले हल्दारकोे जागीर राजिनामा दिएर न्याय खोज्न हिड्दैछु इटहरीमा भेटिएका श्रष्ठले भने ।

श्रीमतीले इटहरीमा रहेको इटहरी ६ कको १८२७,१८३५,१८२८ कित्तानम्वरको साडे १८ थुर जग्गा पनि श्रीमतीले बेचेर खाएको भन्दै आफुले नेपाल प्रहरीमा १६ वर्ष ४ महिना काम गरेर कमाएको सम्मती स्वाहा भएको उनले आसु झादै उनले भने । गत चैत्र २३ गते देखि श्रीमतीले ५२ दिन सम्म हराएको र खोज्न आउँदा आफ्नो जागीर सम्म धरापमा परेको कारण राजिनामा दिएर वसेको उनको भनाई थियो । श्रीमती आफ्नै वहिनी हिरा श्रेष्ठलाई समेत ठगी गरेर विदेश पठाएको उनका भनाई छ । आफ्नी श्रीमतीको दूई वटा गारीकता र दुई वटा पासफार्ट समेत भएको भन्दै उनले आफुलाई नै ठगीरहेको पत्तै नपाएको गुनासो गरे। २०५९ सालमा विवाह गरेको जनाउँदै उनले ६ वर्षको छोरा लिएर उनलाई प्रयोग गरी महिलाहरुलाई बोर्डरबाट छिराउँने काम समेत गदै आएको आरोप उनको छ ।

श्रीमती नेपालगञ्जमा एक पटक महिला तस्करीको आरोपमा समातिएको र काँकडभिट्टा नाकाबाट महिलाहरु विदेश पठाउने गरेको उनका श्रीमान श्रेष्ठको दावी छ । धरानमा १ कठ्ठा ४ धुर र इटहरीमा एक कठ्ठा जग्गा जोडेर श्रीमतीको नाममा राखिदिएको बताउँदै उनले ती जग्गाहरु पनि आफूलाई थाहै नदिइ अरुलाई नै बेचिएको दुःखेसो गरे । महानगरीय प्रहरी कार्यलय काठमाण्डौमा श्रीमती खोजिदिन भन्दै निवेदन दिएको वताए । आफ्नो खोजी तीव्र भएपछि श्रीमतीले प्रहरीमा उल्टै महिला हिंसाको उजुरी दिइन् । एक महिनाअघि धरानका डिएसपी डेकेन्द्र खतिवडाले सिपाहीमा घटुवा गरिदिन्छु भने पछि असई हुन लागेको जागीर राजिनामा दिएर न्याय खोज्न निस्केको हुँ उनले भने । ८ लाख रुपैया ब्याजमा लगाएको पैसा र छोरो लिएर श्रीमती कता गई पत्तै छैन उनल थपे ।

पिडितका दाई पूर्व नेपाली सेनाका भेषराज श्रेष्ठ पनि आफ्नो भाईको श्रीमतीकै कारणले उठिवास लागेको वताए । भेषराजले भने हाी न्याय वुझेकाहरुले त न्याय पाउँन यती कठिन पर्छ भने सर्वसाधरणको हालत खत्तम रहेछ उनले भने । भाईलाई साथ दिन उनी वुहारीबाट ठगिएका र वुहारी सँग अबैध काम गर्नेहरुको फोटो लिएर मिडिया हाउस सँगै प्रहरी कार्यलयहरुमा धाउदै आएका छन । – ब्लाष्ट खबरबाट साभार ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।