सप्तकोशीमा उच्च बाँध बाँध्न आउनेको टाउको मै बम पड्काउने धर्मेन्द्र बास्तोलाको चेतावनी

नेपाल कम्युनिष्ट पार्टीले मुलुकका नदिनाला बेच्ने र सप्तकोशीमा बाध बाध्न आउनेको टाउकोमै पड्काउने चेतावनी दिएको छ । सप्तकोशी नदिमा उच्च बाध बाध्नबारे भारतसँग हालै भएको सम्झौता खारेज गर्न माग गर्दै बिहिबार सुनसरीको धरानमा नेकपा कोशी ब्युरोद्धारा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीका स्थाई समिती सदस्य धर्मेन्द्र बास्तोला कन्चनुले कुनै हालतमा राष्ट्रघाती सम्झौता पालना हुन नदिने बताएका छन् ।

नेपाली भुभाग डुबाएर पानी र बिजुली लैजाने भारतीय योजनाका साथ उक्त राष्ट्रघाती सम्झौता भएको भन्दै नेता कन्चनले जबरजस्ती बाध बाध्न खोजीए हतियार उठाएरै प्रतिकार गरिने चेतावनी दिएका हुन् ।

नेपालको सार्भभौम सत्ता तथा ब्यापारमाथिको भारतीय एकाधिकार अन्त्य नभएसम्म मुलुकमा विकासले गति नलिने नेता कन्चनको भनाई थियो ।

नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप , व्यापारमा एकाधिकार , नदीनालामाथिको कब्जा लगायतका कार्य नरोकिएसम्म मुलुकको विकास सम्भव छैन ।

नेता कन्चनले भने – नेपालका नेताहरुले सत्ता र कर्सीको मोहमा परेर राष्ट्रघाती सम्झौताहरु गर्दै आएका छन्, अब देशी बिदेशी दलालका बिरुद्ध नेकपाले हतियार उठाएरै बिद्रोह गर्छ ।

कार्यक्रममा बोल्दै नेकपा कोशी व्युरो ईन्चार्ज नविन कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई अरुण तेस्रो उद्घाटनमा आउन नदिने सेमत चेतावनी दिएका छन् । यसअघि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भ्रमणका क्रममा मोदीलाई अरुण तेस्रोको उद्घाटनमा आउन निमन्त्रण दिइसकेका छन् ।

यस्तै कार्यक्रममा पूर्व सांसद किरण राईले दलाल र भ्रष्टहरुले निर्वाचनपछि झनै लुट मच्चाईरहेको भन्दै यो संसदीय ब्यावस्था खारेज गर्नुपर्ने बताएका छन् ।

स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुले नै जनताबाट बिभिन्न बहानामा रकम असुल्ने तथा विकास निर्माणका नाममा भ्रष्टचार गरिरहेको तथ्यहरु बाहिर आउनुले पनि यो निर्वाचन असफल भएको प्रष्ट हुन्छ । उनले भने ।

जलश्रोतविद् गोपाल सिवाकोटि (चिन्तन)ले सप्तकोशीमा बाँध बाधिएमा भविश्यमा महाप्रलय निम्त्याउने र त्यसले नेपाल र नेपालीका लागी ठुलो विप्पती आउने भएकाले यो कुनै हालतमा स्विकार्य नहुने बताए ।

त्यस्तै नेकपा केन्द्रिय जलश्रोत तथा उर्जा विभागका सदस्य रामप्रसाद विडारीले विगतमा पनि सप्तकोशीमा सर्भे गर्न आएका प्राविधिकलाई आफुहरुले बम हानेर नै लखेटेको स्मरण गराउदै अब पनि त्यस्तै कार्य दोहोर्याउन बाध्य नपार्न चेतावनी दिए ।

देउवाको भारत भ्रमणका क्रममा समकक्षी मोदीसँग भएको ४८ बुदे सहमतीको २८ नम्बर बुदामा रहेको कोशी नदीमा उच्च ड्याम बनाउने सम्झौता भएको थियो । – अनलाईन पानाबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।