बैध छाडेकाहरु बिचल्लीमा !
काठमाडौं, भदौ २३ । माओवादी आन्दोलनको एउटा उर्भर अबस्थाबाट प्रचण्डसँग बिद्रोह गरेर ड्यास माओवादी गठन गर्ने मोहन वैद्यका शक्ति ठानिएका बादल, भुसाल, देव गुरुङहरुले भविष्य देखेनन् र भविष्य खोज्दै बुढा बैद्यलाई छाडेर फेरि प्रचण्डकै फेर समाउन पुगे ।

पम्फा भुसाल प्रवक्ता बनेकी छिन् तर उनी पनि निरास छिन् तथा बादल र देव त मन्त्री हुन नपाएर छटपटिनुको बिकल्पै रहेन । प्रचण्डले यी तिनै बिद्रोहीलाई राम्रो सवक सिकाइ दिएका छन् । यिनका सामु नखाउँ भने दिनभरिको सिकार, खाउँभने कान्छा बाउको अनुहारको स्थिति छ ।
आफ्नो नेतृत्वको सरकारमा पनि प्रचण्डले यिनलाई ढिम्किन दिएनन् । देउवाको सरकार बन्यो, प्रभाकर, महरालाई दोहोर्याए बरु, यिनको पालो आउन दिएनन् । के गर्ने गर्ने ? माओवादीभित्र कोही पाखाको माछो जसरी छटपटिएर उफ्रिरहेको छ भने ती हुन्– बादल, पम्फा र देवहरु । प्रचण्डभन्दा चङ्ख अरु को होला ?
यतिखेर देवेन्द्रलाई बाबुरामबाट भड्काएर प्रचण्डले भित्र्याएका छन् र देवेन्द्रबाटै आउ बाबुराम मूलघरमै आउ भनेर आह्वान समेत गर्न लगाएका छन् । यी देवेन्द्रको हालत पनि यिनकैजस्तो हुनेछ, नपत्याए पर्खौं र हेरौं । न्युजअभियानबाट


