भारतमा भएको सवारी दुर्घटनामा ७ नेपालीको मृत्यु
काठमाडौं, २३ भदौ । भारतमा भएको सवारी दुर्घटनामा सात नेपालीसहित आठ जनाको मृत्यु भएको छ ।

गोरखपुरबाट सुनौली जाँदै गरेको कार र नौतनवाबाट गोरखपुर आउँदै गरेको ट्यांकर आपसमा ठोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मृतकहरुको पहिचान खुलिनसकेपनि नेपालीहरुमा चार पुरुष, एक महिला र दुई बच्चा रहेका छन् । भारतीय एक पुरुषको पनि मृत्य भएको छ ।


