‘भारत पुरानो मानसिकताबाट बाहिर आउनुपर्छ’

काठमाडौं, २५ भदौ । चिनियाँ अखवार ग्लोबल टाइम्सले भारतलाई पुरातन मानसिकताबाट बाहिर आउन आग्रह गरेको छ । आफ्नो संपादकीयमा उसले भारतलाई फराकिलो हुन सुझाएको हो । चीन र पाकिस्तानबीचको सम्बन्धमा अनावश्यक वखेडा नझिक्न र अनावश्यक ढंगले नबुझ्न चेतावनीसहितको सुझाव दिएको हो ।

‘भारतले यस्तो पुरानो मानसिकतालाई परिवर्तन गर्नुपर्छ नत्रभने यसले भारतको बिश्व दृष्टिकोणलाई गलत दिशातिर मोड्नेछ र त्यसले गलत व्यवहारतर्फ उसलाई डोहोर्याउनेछ’ अखवारको संपादकीयमा भनिएको छ ।

भारत र चीनबीच बिगत केही बर्षयता सम्बन्धमा सुधार हुँदै आएको उल्लेख गर्दै तर चीनले पाकिस्तानलाई अलग्गै छाडेर भारतसँग मात्र सम्बन्ध राख्नुपर्छ भन्ने धारणा राख्नु गलत रहेको बताएको छ । चीनको पाकिस्तानसँगको सम्बन्धलाई अन्य राष्ट्रसँग तुलना गर्न नमिल्ने बताइएको छ ।

‘चीन र पाकिस्तानको सम्बन्धलाई भारतका केही ईलिटहरुले निरन्तर बिरोध गर्दै आएका छन् । चीन र भारतको सुधारिएको सम्बन्धले चीनलाई पाकिस्तानबाट टाढा पूर्याउने बिश्वास राख्छन् । यस्तो पुरातन मानसिकता परिवर्तन गर्नुपर्छ’ संपादकीयमा उल्लेख छ ।

चीन र पाकिस्तानको मित्रता स्विकार गर्न भारतलाई फराकिलो हुन पनि सुझाव दिइएको छ । ‘पाकिस्तानलाई नियन्त्रण गर्ने हतियारका रुपमा चीनलाई नलिइयोस । आणविक राष्ट्रलाई कम नआंक्नुहोस । पाकिस्तानसँग कस्तो सम्बन्ध राख्ने आधारमा ती दुई राष्ट्रको सम्बन्ध अघि बढ्ने हो’ संपादकीयमा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।