लोकमानसिंह कार्कीले जबर्जस्ती पैसा थमाएर पक्राउ गरेका नेपाल प्रहरीका डीएसपीले मुद्दा जिते

काठमाडौं, २५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले जबर्जस्ती पैसा थमाएर पक्राउ गरेका नेपाल प्रहरीका डीएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेशबहादुर सिंहले विशेष अदालतबाट सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले डीएसपी ज्ञवाली र इन्स्पेक्टर सिंहलाई अभियोग मागदाबीबाट आइतबार सफाइ दिएको छ । लोकमानले संजय झा जस्ता विवादास्पद ब्यक्तिलाई प्रयोग गरी एक रेष्टुरेन्टबाट डीएसपी ज्ञवालीलाई घुस लिएको आरोपमा २०७२ माघ १८ मा पक्राउ गरेका थिए ।

अख्तियारको टोलीले जाउलाखेलस्थित पेट्रोल पम्पका सञ्चालकको लेनदेनसम्बन्धी विवाद मिलाउने नाममा तीन लाख रुपैयाँ घूस लिएको आरोपमा ज्ञवाली र इन्स्पेक्टर सिंहलाई पक्राउ गरेको थियो । – दृष्टीन्यूजबाट साभार ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।