धनकुटाका उद्योगी ब्यपारी तथा अगुवा कृषकहरुलाई अभिमुखिकरण

धनकुटा खबर, असोज १ । दीगो ब्यपार तथा ब्यबसाय सन्चालनमा सहयोग पुर्याउने उदेश्यले धनकुटाका उद्योगी ब्यपारी तथा अगुवा कृषकहरु संग उद्योग बाणिज्य संघ धनकुटाले अभिमुखिकरण कार्यक्रम गरेको छ ।

डेनमार्क सरकारको उन्नती परियोजना अन्तर्गत् आईएलओको सहयोगमा ३ दिने बहुराष्ट्रिय उद्यम तथा रामाजिक नीति बिषयक अभिमुखिकरण दिन लागिएको हो ।

परियोजनाले पूर्वका ७ जिल्लामा सन्चालन गरिरहेको अदुवा, अलैची, अदुवा र दुधको क्षेत्रमा मूल्य श्रंखलालाई सहयोग पुर्याउने उदेश्यले उक्त कार्यक्रम गरिएको बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जानकारी दिनुभयो ।

आईतबारबाट शरु कार्यक्रममा अभिवक्ता राम कृष्ण काफ्ले भ्यालु चेन, आईएलओको त्रि–पक्षिय सम्झौता, बहुराष्ट्रिय कम्पनी सन्चालन लगाएतका बिषयमा अभिमुकिरण दिनेछन् ।

आईएलओको २४ लाख ६१ हजार आर्थिक सहयोगमा सम्पन्न उक्त अभिमुखिकरणमा जिल्लाका ३४ जना कृषक,ब्यपारी र उद्योगीहरुको सहभागि रहने संघका कार्यालय सचिव जयन्द्र प्रधानले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वयन समितिका सभापति तथा कार्यक्रमका प्रमुख अतिथी टंक चौहान, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले शुभकामना दिनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।