धनकुटाको सागुरीगढी स्थित भूमिश्वर प्रावि को मर्मत सम्हार गरिने
धनकुटा खबर, असोज २ । धनकुटाको सागुरीगढी गाउँपालिका महाभारत स्थितको भूमिश्वर प्राथामिक विद्यालयको मर्मत सम्हार गरिने भएको छ ।

फाईल फोटो
जिल्ला शिक्षा कार्यलयवाट सो विद्यालयलाई प्राप्त १ लाख आर्थिक लागत र २० प्रतिशत जनश्रमदानमा विद्यालयको मर्मत सम्हार गर्न लागिएको विद्यालयका शिक्षक पदम राईले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पत्थर सिंह राईको अध्यक्षतमा आज वसेको विद्यालय व्यवस्थापन समितिको वैठकले विद्यालय मर्मत सम्हार यही असोज १० गते भित्र सक्ने निर्णय गरेको पनि उहाँले वताउनुभयो ।

