धनकुटाको विभिन्न वडामा लिम्वु समुदायवाट निर्वाचित वडा अध्यक्षहरु सम्मानित
धनकुटा खबर । किरात याक्थुङ्ग चुम्लुङ्ग जिल्ला शाखा धनकुटाको सातौँ अधिवेसनको अवसरमा जिल्लाका विभिन्न वडामा लिम्वु समुदायवाट निर्वाचित वडा अध्यक्षहरुलाई आज सम्मान गरिएको छ ।
सातौ जिल्ला अधिवेसनको अवसरमा स्थानिय तहको निर्वाचनमा निर्वाचित वडा अध्यक्ष चौविसे गाउँपालिका वडा न.२ का ममिन्द्र तुम्सा,वडा.३ का हेमचन्द्र तुम्सा, वडा न.८ का धनवहादुर लिम्वु,सागुरी गढि गाउँपालिका वडा न.१ का तिलकवहादुर लिम्वु,वडा न.२ दलवहादुर ईङ्गनाम,वडा न.४ का खड्ग वहादुर आङ्गला,छथरजोरपाटी गाउँपालिका वडा न.३ का ज्ञानवहादुर पारघरी,वडा न.५ का सुरेन्द्र कुमार योङ्गहाङ्ग रहनुभएको छ ।
यसैगरि जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित शिव आङ्गला र पदममाया थेगिमलाई सम्मान गरिएको छ । उहाँहरुलाई सम्मानपत्र प्रदान गरिएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग जिल्ला शाखा धनकुटाका अध्यक्ष शिव ईङ्गनामको अध्यक्षतामा तथा किरात याक्थुङ्ग चुम्लुङ्गका केन्द्रिय अध्यक्ष उत्तमसिं थाम्देनको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा जगमाया लिम्वु र हेममाया मादेनले लिम्वुभाषाको कविता र हेमुस्मृति चोङ्गवाङ्गले पालम गित प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन थक्खेङ्गमा गरेर किरात याक्थुङ्ग चुम्लुङ्गका केन्द्रिय अध्यक्ष उत्तमसिं थाम्देन र जिल्ला अध्यक्ष शिव ईङ्गनामले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य सहसचिव निर्मला खवाहाङ्गले राख्नुभएको थियो भने सञ्चालन सचिव टोपेन्द्र साँवाले गर्नुभएको थियो ।


