धनकुटाको सिंधुवामा खुल्यो नेपाल-बंगलादेश बैंकको ५० औं शाखा ! (फोटो फिचर सहित)

धनकुटा खबर । धनकुटाको सिंधुवा बजारमा नेपाल बंगलादेश बैंकको ५० औं शाखा सन्चालनमा आएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले बुधबार उत्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा सिवाकोटीले सरकारले नीतिगत निर्णय नगरेकाले सबै बैंकबाट किसानहरुले सहुलियत ब्याजदरमा ऋण नपाएको बताए ।

राज्यले नेपालका ‘क’ बर्गका बैंकहरुमार्फत् ८ देखि १० प्रतिशत सम्मको सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउने भनेपनि हाल सम्म उक्त सुबिधा नपाएको गुनासो आएपछि उनले यस्तो बताएका हुन् ।

सरकारबाट ब्याज अनुदान उपलब्ध नभए सम्म बैंकहरुले १२ देखि १३ प्रतिशत भन्दा कम ब्याज दरमा ऋण दिन सक्ने बताएपछि सहुलियत कर्जामा ऋण प्रवाह हुन नसकेको उनले बताए ।

उनले भने,‘बैंकले सहुलियत ऋण प्रवाह गर्दा अनुदान बापत किसानको तर्फबाट बेहोर्ने ५ प्रतिशत ब्याजकोे बियषयमा सरकारले निर्णय नदिंदा ऋण प्रवाह हुन नसकेको हो ।’

उक्त कर्जा प्रवाहको लागि गठन भएको समितिले ६ महिना अघि नै सरकारलाई परिपत्र गरेपनि सुनुवाई नभएको उनले जानकारी दिए ।

छथर जोरपाटी गाउँपालिकालाई लक्षित गरेर सन्चालनमा आएको उक्त बैंकले पूर्वी पहाडी क्षेत्रको आर्थिक गतिबिधीमा सहयोग पु¥याउने बैंकका सन्चालक माधव न्यौपानेले जानकारी दिए ।

धनकुटा शाखा उत्घाटनका क्रममा ढुंगानाले यो बर्ष २२ वटा शाखा खेल्ने र आगामी ५ बर्षे अबधीमा नेपाल भरी १ सय ५० शाखा सन्चालनमा ल्याउने बैंकका कार्यकारी अधिकृत(सिईओ) ज्ञानेन्द्र ढुंगानाले बताए ।

कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरवहादुर लिम्बु, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले मन्तब्य शुभकामना दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।