हिले वचत तथा ऋण सहकारी संस्थाद्वारा ३ युवा क्लवलाई बिना व्याज ऋण प्रदान
धनकुटा खबर । हिले वचत तथा ऋण सहकारी संस्थाले आज विभिन्न तीन वटा युवा क्लवलाई युवा उद्यम विकासका लागि विना व्याज ऋण प्रदान गरेको छ ।
राष्ट्रिय युवा परिषदवाट जिल्ला युवा समिति धनकुटालाई युवा उद्यम विकासका लागि प्राप्त रकम जिल्ला युवा समिति युवा समितिले सो सहकारी संस्थावाट युवा क्लवलाई प्रदान गरेको हो । ऋण प्राप्त गर्ने क्लवहरुमा विहानी युवा क्लव, सामुदायीक विकास तथा परिर्वतन केन्द्र र उज्यालो युवा क्लव चुम्माङ्ग रहेका छन् ।
यी तीन क्लवलाई सहकारीले सहकारीका अध्यक्ष भीम प्रसाद खतिवडाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सदस्य ओङ्गद थिङ्गको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच प्रदान गरिएको हो । उनीहरुलाई प्रति क्लव पहिलो किस्ता वापतको २र२ लाख ५०र५० हजार प्रदान गएिको सहकारी संस्थाका जिल्ला प्रतिनीधि भोगेन्द्र थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छारा,उद्योग वाणीज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतको उपस्थिती थियो ।

