चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै, अब इन्धन निर्यातमा पनि नियन्त्रण गर्ने

बेइजिङ, ७ असोज । चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थ आपूर्तिलाई आगामी अक्टुवर १ देखि नियन्त्रण गर्ने भएको चिनियाँ बाणिज्य मन्त्रालयले शनिबार जनाएको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तर रूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाउने बिषयप्रति लक्षित गर्दै उक्त निर्णय गरेको हो ।

चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै उक्त मुलुकबाट आफूले गर्ने कपडाको आयातलाई शनिबार (सेप्टम्वर २३) बाट नै बन्द गर्ने घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघले तयार पारेको चीन तथा उत्तर कोरियाबीचको भन्सार तथ्याङ्क अनुसार सन् २०१६ मा चीनबाट प्रतिदिन छ हजार ब्यारेल इन्धन उत्तर कोरिया निर्यात गरिएको थियो । तर चीनले सन् २०१४ पछि उत्तर कोरियालाई दिने गरेको इन्धनको तथ्याङ्क सार्वजनिक नगरेका कारण इन्धन निर्यातको वास्तविक तथ्याङ्क भने सार्वजनिक हुन नसकेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले ११ दिनअघि पहिले पारित गरेको नयाँ प्रतिबन्ध अनुसार पछिल्लो चिनियाँ घोषणा आएका भएपनि यस बिषयमा विश्व समुदायलाई विश्वस्त पार्न खुला नाकाको फाइदा लिँदै हुनसक्ने चोरी निकासीमा नियन्त्रण गरेको सुनिश्चित गर्नुपर्नेछ ।

चीनको उत्तर कोरियामाथिको प्रतिबन्धपछि कपडाको व्यापारबाट गर्ने प्रमुख आम्दानीमा ठूलो घाटा हुने देखिएको छ । किनकी उत्तर कोरियाको आम्दानीको दोस्रो प्रमुख आधार कपडाको विक्री हो । चीनको प्रतिबन्धपछि प्योङ्याङ्ले वार्षिक ७० करोड डलर बराबरको आम्दानीको स्रोत भने गुमाउने अनुमान गरिएको छ ।

शुरुमा वासिङ्टनले उत्तर कोरियामाथि पूर्ण प्रतिबन्ध लगाउन आग्रह गरेपनि चीन र रसियाको समर्थन लिन पछि उक्त अडानमा अमेरिका केही लचिलो बनेको हो । चीन उत्तर कोरियाको एकमात्र र प्रमुख ब्यापार सहयोगी रहेको र उत्तर चीनमाथि करिव ९० प्रतिशत आर्थिक क्रियाकलापमा जिम्मेवार रहँदै आएको छ । रासस÷एएफ्पी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖