अमेरिका आवद्ध हवाई आमक्रणमा ८४ सर्वसाधारण मारिए

बेरुत, ९ असोज । इस्लामिक स्टेट्सको बलियो प्रभाव रहेको सिरियाको राका शहरनजिकै भएको अमेरिका आवद्ध हवाई आक्रमणमा कम्तीमा ८४ सर्वसाधारण मारिएका छन्. ।

मारिएका यी ८४ व्यक्तिमा दर्जनाँैको संख्यामा बालबालिका रहेका ‘ह्युम्यान राइट्स वाच’ (एचआरडब्लू) ले जानकारी दिएको छ ।

यस आक्रमणमा परी आईएस लडाकू पनि मारिएका छन् । तर ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको एचआरडब्लूले जानकारी दिएको छ ।

यस आक्रमणमा परी विद्यालयमा शरणार्थीकै रुपमा रहेका दर्जनौँ सर्वसाधारण मारिएका छन् । अमेरिका आवद्ध संयुक्त सेनाले यस इलाकामा सर्वसाधारण नागरिक भएको थाहा नभएको जानकारी दिएका छन् ।

एचआरडब्लूका अनुसार गत मार्च २० मा भएको मानसोउराहस्थित एक विद्यालयमा भएको हवाई आक्रमणमा १६ बालबालिकासहित ४० व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी तब्का बजार नजिकै मार्च २२ मा भएको अर्को एक आक्रमणमा १४ बालबालिकासहित ४४ व्यक्तिको मृत्यु भएको थियो ।

अमेरिका आवद्ध संयुक्त सेनाले सन् २०१४ को सेप्टेम्बरबाट सिरियामा हवाई आक्रमण शुरु गरेको छ ।

सिरिया र इराकमा सन् २०१४ देखि गत अगस्तसम्म अमेरिका आवद्ध संयुक्त सेनाले गरेको आतंककारी लक्षित हवाई आक्रमणमा परी कम्तीमा ६२४ जना सर्वसाधारण मारिएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारको विरोध गर्दै शुरु जनआन्दोलन थालिएको थियो ।

त्यस जनआन्दोलनले पछि गृहयुद्धको रुप लिएको हो । हाल सम्म यहाँ ३ लाख ३० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यस गृहयुद्ध अलकायदा र इस्लामिक स्टेट्स जस्ता आतंककारी समूहहरु हाबी हँुदै आएका छन् । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।