उत्तर कोरिया द्वारा युद्द बिमान खसाल्ने चेतावनी, अमेरिकालाई युद्द सुरु गरेको आरोप

उत्तर कोरियाका विदेश मन्त्री रि योंग होले आफुसंग अमेरिकी बमबर्षक र युद्ध विमानहरुलाई खसाल्ने अधिकार आफुसंग भएको बताएका छन। अमेरिकी बमवर्षक र युद्ध विमानहरु उत्तर कोरियाको क्षेत्र भन्दा बाहिर रहेको अवस्थामा समेत खसाल्ने सकिने उनको दाबि छ।

उनले अमेरिकाले सुरुमा युद्दको घोषणा गरेको बिश्व समुदायले बिर्सन नहुने चेतावनी दिएका छन। पछिल्लो केहि समय यता अमेरिका र उत्तर कोरियाबीच वाकयुद्द जारि छ। तर विश्लेषकहरुले भने यी दुवै देशबीच युद्द हुने सम्भावना अत्यन्त न्यून रहेको बताउदै आएका छन।

उत्तर कोरियाका विदेश मन्त्रीले शनिबारको संयुक्त राष्ट्र महासभामा सम्बोधन गरेका थिए। त्यस पश्चात अमेरिकी राष्ट्रपतीले ट्विट गरेर भनेका थिए, ‘अहिले संयुक्त राष्ट्रमा उत्तर कोरियाको विदेश मन्त्रीको भाषण सुने। यदि उनि पनि सानो रकेट मान्छेको लह लहैमा लागे भने उनि धेरै समय टिक्ने छैनन।’

चर्को अन्तर्राष्ट्रिय दबाब र अत्यधिक प्रतिबन्धका बावजुत उत्तर कोरियाले गत साता मात्रै ब्यालेस्टिक मिसाइलको परिक्षणलाई निरन्तरता दिएका थिए। उत्तर कोरियाको अस्तित्व समाप्त पार्न चाहने र आफ्नो सुरक्षाका लागि मात्र ब्यालेस्टिक मिसाइलको परिक्षण गरिएको उत्तर कोरियाका नेताहरुको भनाइ छ। यहि महिनाको सुरुवात मा नै शक्तिशाली परमाणु परिक्षण गरे पश्चात संयुक्त राष्ट्रले उत्तर कोरियाको बिरुद्द नयाँ प्रतिबन्धको घोषणा गरेको थियो। एजेन्सी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖