भारतीय सैनिकहरुलाई धकल्दै चिनियाँ सैनिकहरु भारत पसेर सेनाको बंकर ध्वस्त पारिदिए, चीन भारत युद्ध सुरू हुने संकेत

चिनियाँ सैनिकहरुले सिक्किममा भारतीय सैनिकहरुलाई धकल्दै भारतीय सिमा भित्र पसेर भारतीय सैनिकको दुईवटा बंकर ध्वस्त पारिदिएका छन्।अगाडी बढ्दै गरेका चिनियाँ सैनिकहरुलाई मानब साङ्गलो बनाएर भारतीय सैनिकहरुले रोकेका थिए।यसैबीचमा चिनियाँ सैनिकहरुले भारतीय सैनिकहरुलाई धकेलाधकेल गरेका थिए डोला इलाकामा पछिल्लो दश दिनदेखि दुबै देशका सेनाहरु आमुन्ने-सामुन्ने छन्। चिनियाँ सैनिकहरुले कैलाश मानसरोवर जान लागेका तिर्थयात्रीहरु लाई समेत रोकिदिएका छन्।

भारतीय संचारमाध्यमहरुका अनुसार चिनियाँ सैनिकहरुलाई भारतीय क्षेत्रमा अगाडि बढ्नबाट रोक्नको लागी भारतीय सैनिकलाई हम्मेहम्मे परेको थियो।चिनियाँ सैनिकहरुले लालटेन इलाकामा भारतको दुई बंकर समेत ध्वस्त पारिदिएका छन्चिनियाँ सैनिकले भारत पसेर २००८ मा पनि भारतीय सेनाको बंकर ध्वस्त पारिदिएका थिए।भारत र चीन बिच बर्षौदेखि सिमा विवाद रहिआएको छ। र चिनियाँ सेनाहरु धेरैजसो भारतीय सिमा क्षेत्र भित्र पस्ने गरेका छन्। चीन र भारतबीच १९६२ मा लडाई समेत भएको थियो।

भारतीय एक अखबारले चाइनिज सेना भारतको सिक्किम तर्फबाट प्रबेस गरेको भन्ने समाचार छापेको छ । भारतीय भुमि प्रबेस गर्ने क्रममा चाइनिज सेनाले भारतीय सेनाका दुइ बंकर समेत ध्वस्त परेको बताएको छ ।चाइनिज सेनाले कैलास मानसरोबर जाने धर्मावलम्बीलाइ समेत रोकेको खबर छ ।यो घटना इंडिया-चाइनाको बोर्डरमा पर्ने सिक्किम क्षेत्रको दोका-ला भन्ने ठाउमा भएको हो ।भारतीय सेनाले चाइनिज सेनालाई रोक्ने प्रयास गरेपनि चैनेसे सेना लगातार अघि बादी रहेको भारतीय पक्षले जनाएको छ ।

https://youtu.be/AbOXgHeHdRI



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।