एउटै खाल्डोमा ४५ जनाको लाश भेटियो, जसले ल्यायो ठुलो हलचल

एजेन्सी। एकै खाल्डोमा बाट ४५ जनाको लाश भेटियो जसले ठुलै हलचल ल्याएको छ | यो दर्दनाक खबरले म्यानमारमा यति बेला स्तब्ध बनाएको छ | म्यानमारमा रोहिंग्या मुसलमानहरुमाथि चरम दमन गरेको दर्दनाक समाचार आइरहेका बेला यहाँ तिनै रोहिंग्या मुसलमानले हिन्दूहरुमाथि पनि चरम दमन भएको खुलासा भएको छ । हालै म्यानमारको सेनाले मांगदा टाउनसिप नजिकै हिन्दूहरुको गाउँबाट ४५ जना हिन्दूहरुको शव बरामद गरेको छ । सेनाको रिपोर्टका अनुसार गाउँबाट अझै ४५ हिन्दू बेपत्ता छन् ।

सेनाले यी सबैको हत्या रोहिंग्या मुसलमानले गरेको दावी गरेको छ । यस क्षेत्रमा सेनाले सर्च अभियान चलाइरहेको छ । सेनाका अनुसार हजारौं हिन्दू त्यो गाउँबाट भागिसकेका छन् । हालै म्यानमारबाट भागेर बंगलादेशमा शरण लिइरहेका हिन्दूहरुले पनि रोहिंग्या समुदायका आतंकवादी समूहमाति नरसंहारको आरोप लगाएका थिए । एक महिलाले कमसेकम १०० हिन्दूको हत्या गरेको दावी गरेकी थिइन् ।


– एन पी न्यूज ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।