चीन ले बनायो गोप्य रहन सक्ने लडाकु विमान, पाकिस्तानले यो विमान किन्न रुचि देखाएपछि भारत तर्सियो

काठमाडौं । चीनले लगातार आफ्नो सैन्य शक्तिलाई बढाउँदै गइरहेको छ । बिहीवार उसले गोप्य रूपमा राडारबाट बच्न सक्षम लडाकु विमान जे २० लाई सैन्य सेवामा समावेश गर्ने घोषणा गरेको छ ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ता वू छियानले पत्रकार सम्मेलनमा जे २० लडाकु विमानको परीक्षण उडान योजनाबद्ध रूपमा भएको बताए ।

जे २० विमान मध्यम तथा लामो दूरीको विमान हो । विमानले सन् २०११ मा पहिलोचोटि उडान भरेको थियो र अघिल्लो वर्ष आयोजित एयरशोमा प्रदर्शित समेत भएको थियो ।

यो विमानले चीन र भारतको वायुसेना सन्तुलनमा नयाँ आयाम जोड्न सक्ने भारतीय विश्लेषकहरूले बताएका छन् । पाकिस्तानले समेत यो विमान किन्न रुचि देखाएकाले भारत तर्सिएको छ । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।