उत्तर कोरियाको बिषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्प यसकारण गर्दैछन एसियाको भ्रमण !
उत्तर कोरियाका कारण उत्पन्न समस्याको समाधान खोज्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियाली देशको भ्रमण गर्नुहुने भएको छ । आगामी नोभेम्बरमा उहाँले जापान, चीन, दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स र अमेरिकी क्षेत्र हवाईको भ्रमण गर्नुहुने बिबिसीले जनाएको छ ।

११ दिन लामो भ्रमणका क्रममा उहाँले उत्तर कोरियाले सृजना गरेको तनावको अन्तर्राष्ट्रिय समाधान खोज्न विभिन्न सम्मेलनमा भाग लिने खबरमा उल्लेख छ । उत्तर कोरियाको आणविक र हाइड्रोजन बम परिक्षणपछि अमेरिका सहित विश्वका धेरै देश उत्तर कोरीयासंग रिसाएका छन् ।


