आइएसद्धारा ७३ सिरियाली सैनिक र सरकार समर्थक लडाकूको हत्या

दमास्कस । सिरियामा गएको २४ घन्टायता यहाँको एक बजार इलाकामा भएका झडपहरुमा परी कम्तीमा ७३ जना सिरियाली सैनिक र सरकार समर्थक लडाकूको ज्यान गएको समाचार छ ।

आइएसले उनीहरुको हत्या गरेका हुन् । सिरियाली सेना र सरकार समर्थक लडाकूहरुले आइएसका विरुद्ध कारबाही गरेका थिए ।

होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा आइएसमाथि सो कारबाही गरिएको थियो । तर पनि कारबाहीका क्रममा आइएसले नै सरकारी सेनाको हत्या गरेका थिए ।

ती क्षेत्रका सहरी इलाका कब्जा गर्ने योजनाका साथ आइएसका लडाकू आएका थिए । सोही कारण सेना र उसको सहयोगी दलले आइएसमाथि कारबाही थालेको थियो ।

सो कारबाहीका क्रममा ठूलो संख्यामा आइएस लडाकू पनि मारिएका जनाइएको छ । तर उनीहरु के कति मारिएका छन् भन्ने बारेमा केही खुलेको छैन ।

उक्त सहरी इलाका बिहीबार कब्जा गर्न खोज्दा सो भिडन्त भएको थियो । तर उनीहरुले कब्जा गरेको उक्त इलाका शुक्रबार भने सेनाले फिर्ता लिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सो जानकारी दिएको हो । उक्त अधिकारवादी संस्थाका अनुसार शुक्रबार पनि ती सहरी इलाकाहरुमा कारबाही जारी रहेको थियो । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖