चीनले भन्यो,- अमेरिकाको कारण उत्तर कोरियाले वाशिङटनलाई ध्वस्त पार्ने जोखिम उठाउन सक्छ
काठमाडौँ । चीनले अमेरिकी दादगिरीका कारण उत्तर कोरियाले अमेरिकालार्इ एकै पटक नाश गर्न सक्ने जोखिम उठान सक्ने घाेषणा गरेकाे छ ।

चिनियाँ सरकारी समाचार संस्था ग्लोबल टाईम्सले अमेरिकाको रुखो स्वभावका कारण उत्तर कोरियाली नेता किम जोङ उनले वासिङ्गटनलाई नास पार्न सक्ने कदम उठाउन सक्ने बताएको छ ।
चीनले उत्तर कोरियालाई चिड्याउने कार्य गर्न रोक्न समेत सुझाव दिएको छ । उसले परमाणु कार्यक्रम निसस्त्रिकरण गर्न सहमत गराउनु पर्ने कुरामा जोड दिएको छ ।
सोही पत्रिकाले अमेरिकाले हालै गरेको नाकाबन्दी चीनविरुद्धमा रहेको समेत बताएको छ । चीनले उत्तर कोरियालाई आत्मसमर्पण गराउने हठबाट अमेरिका पछी हट्न पर्ने बताएको समाचार विश्लेषणमा उल्लेख छ ।


