मोदीको हातबाट मर्न इन्कार गर्यो रावणले !
काठमाडौं । शनिबार विजयादशमी देशभर धूमधामका साथ मनाइएको छ । भारतका अलग-अलग क्षेत्रमा नराम्रोको प्रतीक मानिने रावण, मेघनाथ र कुम्भकर्णका पुतला दहन गरिएको छ ।

दशैंको अवसरमा दिल्लीको लाल किल्ला मैदानमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भए । मोदीको उपस्थितिमा रावणको पुत्ला दहन गरियो । तर, मोदीले रावणको पुत्लामा निशाना लगाउँदा धनुष नै भाँचियो । धनुषमा तीर राखेर निशाना साध्दै तान्न थाले त्यहीबेला धनुष नै भाँचियो ।

सो समयमा मोदीसँगै पूर्वप्रधानमन्त्री मनमोहन सिंह पनि थिए । धनुष भाँचिएपछि मोदी मुसुक्क हाँसे र तीरलाई भाला फाले जसरी रावणको पुत्लातर्फ फ्याँके ।
यसअघि मोदी लालकिल्ला मैदानमा पुग्नुभन्दा केही घण्टा पहिले रावणको पुत्ला ढलेको थियो । त्यसलाई उठाएर मोदीले निशाना लगाउनका लागि ठीक्क पारिएको थियो । मोदीले रावणलाई निशाना लगाउँदा धनुष भाँचिएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा रमाइला स्टाटसहरु देखिन थाले ।
सञ्जीव चन्दनले आफ्नो फेसबुकमा लेखेका छन्, सेतो कपाल वाला ५६ इन्च छाती भएको युवा नरेन्द्र मोदीको हातबाट रावण मर्न इन्कार गर्यो । अनिष्ट र अपशकुन यो भयो कि बाण छोड्नुभन्दा पहिले नै धनुष भाँचियो ।’
प्रताप सिंह राणाले ट्वीटरमा लेखेका छन्, ‘जरुर रावणलाई विपक्षीहरुले स्पोन्सर गरेका थिए होला । त्यही भएर मोदीलाई अस्त्र-शस्त्रमा देखेर आफै ढल्यो होला ।’
यसैगरी मोहित पसरीचा लेख्छन्, ‘धनुष भाँचियो तर कोही परशुराम आएन । सम्भवतः उनी पनि अब भाजपा मार्गदर्शन समितिमा छन् ।’
सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भाषण गर्दै भने, ‘हाम्रा उत्सव खेत खलियान, इतिहास, साँस्कृतिक परम्परासँग जोडिएका छन् । हामी सबै २०२२ सम्म एक नागरिकको नाताले देशमा केहि न केही सकारात्मक योगदान दिने संकल्प गरौं ।’ – बिबिसी


