अमेरिकाको लस भेगासको क्यासिनोमा बन्दुकधारीबाट अन्धाधुन्ध गोली प्रहार, ५० जनाको मृत्यु, २ सय बढी घाइते (भिडियो सहित )

अमेरिकाको लस भेगासमा भएको एक कन्सर्टमा गोली प्रहार गरी ५० जनाको हत्या गरिएको छ भने २ सय बढी घाइते भएका छन् । कन्सर्टस्थल नजिकैको एक होटलबाट अन्धाधुन्धा गोली प्रहार गरिएको थियो ।

प्रहरीका अनुसार स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोकले कन्सर्टस्थल नजिकैको मन्डाले बे होटलको ३२ औं तलाबाट अन्धाधुन्धा गोली प्रहार गरेका थिए ।

प्रहरीले उनलाई होटलमै गोली हानी हत्या गरेको छ । प्रहरी अधिकारीका अनुसार उनी रहेको स्थानमा धेरै मात्रामा हतियारहरु फेला परेका छन् ।

यो अमेरिकाको इतिहासमै सबैभन्दा खराब घटना हो ।

सुरक्षा अधिकारी सेरिफ जो लोम्बार्डोले यसलाई साढेको आक्रमणको संज्ञा दिएका छन् । उनका अनुसार प्रहरीले ति आक्रमणकारीसँगै होटल प्रवेश गरेको महिलाको पहिचान गरिसकेको छ । आक्रमणमा दुई प्रहरी अधिकारी पनि मारिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले सयौं गोली प्रहार गरेका थिए । यो क्षेत्रमा धेरै होटल छन् ।

लग भेगासका अन्य स्थानमा पनि आक्रमणका घटना भएको भनिए पनि प्रहरीले यसलाई गलत भनेको छ ।

https://youtu.be/uaZIPosM8Hs



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।