उत्तर-कोरियाली शासक किम जोङका दाजुको हत्यामा संलग्न महिला निर्दोष भएको दाबी

काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ दुई जना महिलाले आफूहरु निर्दोष भएको दाबी गरेका छन् ।

मलेसियाको एक अदालतमा भइरहेको सुनुवाईका क्रममा भियतनामी २९ वर्षिया महिला डोन थी हुवङ र २५ वर्षिया इण्डोनेसियाली महिला सिठी आइस्यालेले यस्तो दाबी गरेका हुन् ।

यी दुईले किमको अनुहारमा विष दलेर हत्या गरेको आरोप लगाइएको छ । गत फेब्रुअरीमा क्वालालम्पुर विमानस्थलबाट मकाउ जान लागेका किमलाई भिएस नर्भ एजेन्ट नामक रसायन अनुहारमा छर्किएर हत्या गरिएको थियो ।

आक्रमणपछि अस्पताल लैजाँदै गर्दा किमको मृत्यु भएको थियो । उनीहरु दुवैले यो सबै उत्तर कोरियाली एजेन्टको काम भएको र आफुहरुले त्यो कुनै टेलिभिजन प्रयाङक भएको विश्वास गरेको बताएका छन् ।

प्योङयाङले भने किमको हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । किम जोङ नाम उत्तर कोरियाका दिवंगत नेता किम जोङ इलका जेठो छोरा हुन् ।

किम जोङ नाम धेरै समय मकाउ, सिंगापुर र चीनमा बस्दै आएका थिए । वर्षौंदेखि उनलाई उत्तर कोरियाले हत्या गर्न खोजे पनि चीनले संरक्षण गर्दै आएको विश्वास गरिन्छ । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।