डडेलधुरा कांग्रेस मा लफडा, सांसद सहित १४ जनालाई कारबाहीको माग

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले सांसद नरभान कामीदेखि नेवि संघका केन्द्रीय अध्यक्ष नैनसिहं महर लगायतका १४ जना जिल्ला स्तरीय नेतालाई अनुशासनको कारवाहीको गर्न माग गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीले बोलाएको बठैकमा उपस्थित नभई अलग्गै बैठक बसाएर प्रतिनिधि सभा र प्रदेश सभाका लागि उमेदवारको नाम सिफारिस गरेको भन्दै कारवाहीको माग गरेको हो।

कारबाहीमा सिफारिस गरिएका नाम निम्न बमोजिम रहेका छन । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा सांसद नरभान कामी, जिल्ला कार्य समिति सचिव लक्ष्मीप्रसाद अवस्थी, जिल्ला कार्य समिति कोषाध्यक्ष हरिप्रसाद भट्ट, पुर्व जिल्ला सभापति रघुवर भट्ट, महासमिति सदस्य गोविन्दराज बोहरा, नेविसंघ केन्द्रीय अध्यक्ष एवं महासमिति सदस्य नैनसिंंह महर रहेका छन् ।

त्यसैगरी कारवाहीका लागि सिफरिस गरिएका अन्यमा महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्ट, महाधिवेशन प्रतिनिधि, हेमराज चटौत, महाधिबेशन प्रतिनिधि भिमबहादुर साँउद र जिल्ला कार्य समिति सदस्यहरु मानकुमारी थापा, पार्वती झुकाल, डिल्लीराज जोशी, चन्द्री टमटा लगायत रहेका छन् ।

मंगलबार कांग्रेसका दुई पक्षले प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टाछुट्टै नाम सिफारिस गरेपछि संस्थापन पक्षले कारबाहीको माग गरेको हो । बुधबार कांग्रेसको पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा १४ जनालाई कारबाहीका लागि केन्द्रीय समितिमा पत्राचार गरिएको जानकारी गराइएको छ । पटक पटक सचेत गराउदा पनि पार्टीले दिएको जिम्मेवारी पुरा नगर्ने, पार्टीको आधिकारिक भेला र बैठक बहिष्कार गर्ने जस्ता पार्टीको नियम विपरितका काम गरी डडेलधुराबाटै प्रतिनिधित्व गरेका प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देवउवाको गरिमालाई आँच आउने काम गरेकाले कारबाहीका लागि केन्द्रिीय कार्यालयमा पत्राचार गरिएको जिल्ला सभापति कर्ण मल्लले जानकारी दिए।

नेपाली कांग्रेसको विधान २०१७(संशोधन २०६६) को ठाडो उल्लंघन गर्दै नेपाली काँग्रेसको निमावली २०६८को परिच्छेद ९ को दफा ४१ को उपदफा २ को क) (ख),(घ),(ङ),(च)र (ज) ले गरेको व्यवस्थालाई ठाडो चुनौती दिने काम गरेकाले निजहरुलाई पार्टीको विधान अनुसार हदैसम्मको कारबाही गर्न सिफारिस गरेको डडेल्धुरा कांग्रेसले जानकारी दिएको छ ।

वामपन्थी पार्टी एक ढिक्का भएका बेला नेपाली डडेल्धुरा कांग्रेसको विवादले प्रतिनिधि सभा निर्वाचनमा सभापति देउवालाई नराम्रो असर गर्ने भन्दै गलत गतिविधि गर्नेलाई कारबाही गर्नै पर्ने माग गरिएको छ । – अन्नपूर्णपोष्ट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।