एमाले को पार्टी प्रवेश कार्यक्रममा नवराज सिलवाल !
नवराज सिलवाल नेपाल प्रहरीबाट दुई साताअघि नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिन बाध्य भए । हिजो र आज दिनहरु आकाश पातलको फरक परेको छ । रोल नम्वर १ हुदाँ हुदै प्रहरी प्रमुखको रुपमा कार्यरत हुनुपर्र्ने अबस्था नेपाली कांग्रेसको सिंगो पार्टी पंक्ति लागेर भस्म खरानी हुदाँ कस्को मन स्थिर रहला ल ! रातारात आफूसंग भएको सक्कल कागजातलाई समेत नक्कल भएको त्यो क्षण आज जस्तैलाई उनलाई । कसैलाई पुज्दाँ आईजिपी बन्ने नत्र राजिनामा दिनुको विकल्प अब कहिल्यै कसैलाई नहोस् ।

नबराज सिलवाल आज प्रहरीको पेशाक होईन सर्वसाधारणको रुपमा उपस्थित थिए । टिलिक्क कालो चश्मा , शिरमा कालै टोपी । एमालेका अन्य कार्यकर्तालेजस्तै घाँटीमा रातो धजो लगाएर कार्यकर्ताहरुसंगै उपस्थित भएका थिए । ललितपरमा बुधबार नेकपा एमालेको एक कार्यक्रममा कार्यकर्ता माझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा थिए ।
नेकपा एमाले ललितपुर जिल्ला कमिटीको आयोजनामा प्रयाग पोखरीमा आयोजित बडादशैं, दीपावली, नेपाल संवत, छठ तथा ल्होसार पर्वका अवसरमा आयोजित शुभकामना प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा एमाले कार्यकर्ताको पक्तिमा सिलवाल गम्भीर मुद्रामा बसेका थिए ।
विभिन्न पार्टीका ठूलो पंक्ति एमालेमा प्रवेश गराउने कार्यक्रम भएकैले एमाले अध्यक्ष ओली आफै प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा एक सय भन्दा बढीलाई ओलीले टीका लगाइदिए । ठूलो पंक्तिले ओलीसँग टीका लगाए पनि सिलवालले भने ओलीको हातबाट टीका लगाएनन् ।
गत भदौ २७ गते अदालतबाट उनको मुद्दा खारेजीपछि दुई पेज लामो राजनीतिक विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाटै राजीनामा दिएको घोषणा गरेका थिए । तर उनले आफ्नो विज्ञप्तिमा न्यायका लागि लडिरहने र सामाजिक काममा लाग्ने बताएका थिए । सिलवालको यो उपस्थितिले उनको झुकाव एमालेतिर भएको धेरैले अड्कल काटे ।
अध्यक्ष केपी शर्मा ओली भने यो दुनियाँमा जे गरेपनि हुदो रहेन्छ, आईजिपी अब को हुन्छ भनेर यो दुनियाँमा सबैलाई थाहा छ, कार्य मुल्याङनको अधारमा जस्को पहिला त्यही हुने साधारण नियम सबैलाई थाहा छ । तर आज त्यो परिस्थिति रहेन्न् रातारात फाईलहरु फेरिएर अन्तिमकोलाई पहिलो बनाईन्छ । अब यस्तो दिन आउने छैन्न प्रहरी प्रमुख हुन नदिए के भो ? अब गृहमन्त्री भएर प्रहरी संगठनका धमिरा र एउटा थितिमा चलाउन योग्य भएका छन् नबराज सिलवाल । लेखेर राखे हुन्छ अहिलेका आईजिपिलाई नवराज सिलवाल गृहमन्त्रि भएर कार्हवाही गरेको सबै आफूलाई मात्रै होईन सिगौं जनतालाई न्याय दिनेछन् । – जनताटाइम्स बाट


