एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिको एकतापछि सेनाले मुख खोल्यो, यस्तो छ सनसनीपूर्ण वयान…
काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी वाम एकतापछि नेपाली सेनाको अनौपचारिक धारणा सार्वजनिक भएको छ ।

बालुवाटारस्थित एक रेष्टुरेष्टमा आयोजित समारोहमा प्रधानसेनापति निकट सेनाका केही उच्च अधिकारीले विशेष व्यक्तिहरुसँगको अनौपचारिक कुराकानीमा वाम एकता क्रिश्चियनहरुद्वारा बनाइएको झुण्डको आरोप लगाउँदै सेना वामपन्थीको पक्षमा नरहेको प्रतिक्रिया दिएका हुन् । ‘तर सेना जहिले पनि जनताको पक्षमा छ । नेपालको पहिचान सनातन हिन्दूको पक्षमा छ । यसकै लागि काम गर्छ,’ सेनाका उच्च अधिकारीले भने ।
त्यसकारण सेना वामपन्थीको पक्षमा नरहेको ती अधिकारीले सेनाको प्रतिक्रिया सुनाए । ‘सेना वामपन्थीको सपोर्टमा छैन्, र कहिलेपनि हुनेछैन्’ उनीहरुले अनौपचारिक कुराकानीमा भने ।
उसो त नेपाली सेना अहिलेपनि हिन्दू राष्ट्रकै पक्षमा छ । हिन्दू धर्मलाई मान्दै आएको छ । हिन्दू धर्मका पर्वहरुलाई भव्य रुपमा मनाउँदै आएको छ । मुख्यालय जंगी अड्डामा त्रिशुल छ । पहिले राजाको पक्षमा समेत रहेको सेनाले राजा हटेपनि धर्म भने छाडेको छैन् । तर, क्रिश्चियनलाई भने मान्दैन् । यो नै नेपाली सेना हिन्दूप्रति आस्थावान र रक्षक हो भन्ने प्रमाण हो ।
– नेपाल पानाबाट ।


