५ दिनदेखि यादव बाबुछोरा भारतको जेलमै, बुहारीको शुक्रबार भारतीय अदालतमा बयान हुने, बाबु–छोरा नै तारिखमा छुट्ने अपेक्षा

तिलाठी कोइलाडी गाउँपालिका २ का सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन शुक्रवार भारतको सुपौल जिल्लास्थित बिरपुरको अनुमण्डलीय व्यबहार न्यायलयमा उनकी बुहारीको बयान हुने भएको छ ।

भारतीय सुरक्षा अधिकारीको सल्लाह अनुसार यादव बाबुछोरालाई छुटाउन अपहरण भएको भनिएकी देवनारायणकी बुहारी ज्योती कुमारीलाई न्यायलयमा बयानका लागि सप्तरीका स्थानीय प्रशासनले मंगलवारदेखि पठाइरहेको छ । आजको कान्तिपुरमा खबर छ – न्यायलयमा समयमा न्यायाधीश उपस्थित नहुँदा बुधवार बयान सुरु गर्ने प्रक्रिया पुरा गरेर शुक्रवार बयानका लागि बोलाएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए ।

यादवकी बुहारी ज्योती कुमारीले मंगलवारदेखि न्यायालयमा बयान दिन गइरहँदा पनि न्यायिक अधिकारीहरुले मुद्दा लम्ब्याउने खेलमा लागेको गुनासो पोखिन् । उनले आफ्नै कारण आफ्ना पति र ससुरालाई भारतीय अधिकारीले जेलमा राखेको र आफु आउँदा न्यायिक अधिकारी नभएको भन्दै फर्काउने गरेकोबाट उनीहरुको पूर्वाग्रही व्यबहार उजागर भएको बताइन् । उनले बुधवार एक कर्मचारीले सामान्य नाम ठेगाना सोधेर शुक्रवार पुन: बयानका लागि बोलाएको सुनाइन् ।

त्यहाँको न्यायालयमा बयान गराउने र आदेश गर्ने न्यायधीश छुट्टाछुट्टै रहने गरेको र विदाका कारण एउटा मात्रै न्यायधीश उपस्थित रहेकोले केही समस्या आएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले शुक्रवार संभवत ज्योतीको बयान सकिने र आदेश गर्ने न्यायधीश न्यायालयमा फर्केको भए आदेश पनि हुने आशा रहेको सुनाए । उनले आदेश गर्ने न्यायधीशले सामान्य तारेखमा देवनारायणलाई बेल दिने आफ्नो विश्वास रहेको बताए । छोरालाई पनि धरौटीमा बेल दिन सक्ने संभावना रहेको उनी भन्छन् ।

नेपालमा आरोपित पक्राउ परेको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु पर्ने हुन्छ । तर यादव बाबुछोरालाई पक्राउ गरेर ५ दिनदेखि भारतको बिरपुर जेलमा राखेपनि त्यहाँको न्यायलयमा उपस्थित गराएइको छैन । प्रमुख जिल्ला अधिकारी पाण्डेले न्यायलयमा उपस्थित गराउनु पर्ने हो तर खोई न्यायाधीश नभएर होकी अर्कै कानूनी प्रक्रियाले नबुझाएको आफूलाई जानकारी नभएको बताए । अदालतमा एफआईआर नै दर्ज गरेको अबस्था रहेकोले भारतीय सुरक्षा अधिकारीले पनि केही गर्न नसक्ने अबस्था रहेको उनी बताउँछन् ।
भारतको कुनौली थानाध्यक्ष बिनोद कुमार यादवले देवनारायणलाई पहिलेदेखि ज्योती कुमारीलाई थानामा ल्याएर बयान गराइहाल्न गरेको आग्रहको अटेरी गर्दै आएकोले पक्राउ गर्न बाध्य भएको सुनाए ।

भारतको कुनौली १ का ज्योती कुमारीलाई देबनारायणका छोरा अजयले भगाएर प्रेम विवाह गरेकोले ज्योतीको दाजु संजितकुमार साहले नाबालिका अपहरण गरेको उजुरी दिएको थियो ।

बिरपुर अदालतमा देबनारायण, उनका छोरा अजय, दिपक कुमार यादव र ननु यादवबिरुद्ध मानव अपहरण मुद्दा दर्ता रहेको छ ।

भारतको कुनौली १ का संजिब कुमार साहले आफ्नी बहिनी ज्योती कुमारीलाई देबनारायण, उनका छोरालगायतले अपहरण गरेको भन्दै कुनौली थानामा जाहेरी दिएको आधारमा देवनारायण र उनको छोरालाई कुनौली प्रहरीले आइतवार पक्राउ गरि सोमवार जेल चलान गरेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।