नेपाली लाई २२ लाख दिराम क्षतिपूर्ति !

संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्यु भएका ९१ जना मृतक नेपाली कामदारका परिवारले ब्लडमनीबापत २२ लाख ५६ हजार दिराम (झन्डै ६ करोड ७७ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन् ।

आवधावीस्थित नेपाली दूतावासका अनुसार मृतकका परिवारले पाएको क्षतिपूर्ति सम्बन्धितले पाउने गरी परराष्ट्र मन्त्रालय पठाएको छ । परराष्ट्रले सम्बन्धीत जिल्ला प्रशासन कार्यालय मार्फत क्षतिपूर्ति रकम वितरण गर्नेछ । क्षतिपुर्ति पाउनेमा पाँच वर्ष अघि मृत्यु भएकासमेत रहेका छन् ।

क्षतिपूर्ति पाउनेमा सडक र कार्यस्थल दुर्घटनामा मृत्यु भएका कामदारका परिवार बढी छन् । हृदयघात वा सुतेको सुत्यै हुने कामदारले क्षतिपूर्ति पाएका छैनन् । कामदारको २४ घण्टे बिमा नहुँदा कार्यस्थल भन्दा बाहिर मृत्यु भएका कामदारका परिवार क्षतिपुर्तिबाट वञ्चित छन् ।

‘९१ जनामध्ये १७ जना मृतकका परिवारले बिमाको रकम अझै पाएको छैनन् । उनीहरुको मुद्दा अदालतमा चलिरहेको छ,’ दूतावासका प्रवक्ता कृष्ण अर्यालले भने, ‘केही क्षतिपूर्ति कम्पनीले सजिलै दूतावासलाई बुझाएका छन् । केही अदालतमा मुद्दा लडेर पाएको हो ।’

क्षतिपूर्ति दिलाउन दूतावासले १४ हजार दिराम ९४ लाख २० हजार० कानुनी सेवाको खर्च गरेको छ । यो मृतकले पाउने क्षतिपुर्तिबाट दिइएको हो ।

२ लाख दिरामसम्म क्षतिपुर्ति पाउनेमा उत्तमकुमार राई, मुरली खडा, सुशीलप्रसाद मैनाली, लोकबहादुर धामी, देबेन्द्र खडा, मुनामाया थापा, आशाराम चौधरी लगायतका परिवार छन् ।

तनहुँका पवन कुनार, स्याङ्जाका दुर्गा न्यौपाने, बर्दियाका राधेश्याम थारु, झापाका अनिल सुब्बा लिम्बु, मोरङका दिलीप चाम्लागाई, पाल्पाका माधव गैरे, पाल्पाकै तेजबहादुर दर्जी, इलामका प्रकाश गुरुङ, दाङका पुरणबहादुर मगर, मकवानपुरकी लक्ष्मीमाया श्रेष्ठ, नुवाकोटका वासुदेव लामिछाने, चितवनका कृष्णप्रसाद भुसाललगायतका कामदारका परिवारलाई क्षतिपुर्ति दिलाउन पहल भइरहेको जानकारी अर्यालले दिए । कान्तिपुरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।