उत्तर कोरियाका लागि कहाँ बाट मिल्छ इन्टरनेट सेवा ?
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको तर्फबाट आर्थिक नाकाबन्दी झेलिरहेको उत्तर कोरियाका लागि इन्टरनेट सेवा कहाँ बाट मिल्छ ?
त्यहाँको मानिस तथा सरकार कुन तरिकाबाट दुनियाको दोस्रो हिस्सासँग खुद जोडिरहेका छन् । आखिर उत्तर कोरियामाथि इन्टरनेट सेवा कुन देशले पुर्याउन सक्ला ।
यो सवालले उत्तर कोरिया बारे जान्न चाहानेहरुका लागि निकै कौतुहुलता बनाउँछ ।
हालै एउटा खबर सार्वजनिक भएको छ । उत्तर कोरियालाई रुसको माध्यमबाट इन्टरनेट कनेक्शन प्राप्त भइरहेको छ । रुसको दुरसञ्चार कम्पनि ‘ट्रान्स टेलिकम’ले उत्तर कोरियाका लागि यो सुविधा शुरु गरेको हो । साइबर सुरक्षा प्रदान गर्ने यो कम्पनिबारे फायर आइले यसको जानकारी दिएको हो ।
फायर आइका अनुसार रुसी कम्पनीले आइतबार देखि उत्तर कोरियामा इन्टरनेट सेवा विस्तार गरेको हो ।
अहिलेसम्म उत्तर कोरियामा चीनीया ‘चाइना युनाइटेड नेटवर्क कम्युनिकेशन लिमिटेड’ एक मात्र कम्पनी थियो । जसले इन्टरनेट सेवा उपलब्ध गराइरहेको थियो ।
रुसले उत्तर कोरियालाई इन्टरनेट सेवा उपलब्ध गराएको खबर त्या समयमा आएको छ जतिबेला विश्वको शक्तिशाली परमाणु शक्ति सम्पन्न यो देशमाथि प्रतिबन्धको लगाम लगाउने कोशिस गरिरहेको छ ।
फायर आइ कम्पनिको एशिया प्रसान्त क्षेत्रका प्रमुख तत्कालिन अधिकारी ब्रायस बोलेन्डले भने,‘रुसको माध्यमबाट उत्तर कोरियाले इन्टरनेटका अतिरिक्त सुविधा मिलेपछि उत्तर कोरिया इन्टरनेटको क्षेत्रमा समेत शक्तिशाली छ । उसले विभिन्न नयाँ विकल्प समेत उपलब्ध गराएको छ ।’
उनी भन्छन्,‘यसको माध्यमबाट रुसले उत्तर कोरियामाथि ‘इन्टरनेट ट्राफिक’मा नजर राख्न सहयोग गर्छ ।’
संयुक्त राष्ट्रले उत्तर कोरियामाथि तेल र कपडाको आयात र निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर, यसका इन्टरनेटको प्रतिबन्ध लगाइएको थिएन ।
अमेरिकाको साइबर आक्रमण
वासिङ्टन पोस्टमा शनिबार एउटा रिपोर्ट प्रकाशीत भ्एको थियो जसमा अमेरिकी साइबर कमाण्डले उत्तर कोरियाको सैन्य गुप्तचर एजेन्सीलाई ह्याक गर्ने कोशीस गरिरहेको छ ।
मार्टिन विलियम उत्तर कोरियाली प्रविधिका विशेषज्ञ हुन् । उनले ३८ नर्थ नामक वेबसाइटमा उत्तर कोरियामा चलिरहेको इन्टरनेट कनेक्सन बारे लेखेका छन् । अहिलेसम्म उत्तर कोरिया एक इन्टरनेट कनेक्सनमा निर्भर थियो । यो उसका लागि एक अनिश्चित स्थिति समेथ थियो । एक अर्को इन्टरनेट सेवा मिलेपछि उसलाई विकल्प प्राप्त भएको छ ।
यो भन्दा पहिले २०१४ मा सोनी पिक्चर्समा भएको साइबर आक्रमणको ठूलो असर उत्तर कोरियामाथि भएको थियो । सोनी पिक्चर्सले उत्तर कोरियाली नेता किम जोङ्ग उनको हत्या षड्यन्त्र मा आधारित एक हास्य फिल्म ‘द इन्टरभ्यू’ बनाएको थियो । जसलाई लिएर निकै विवाद समेत भएको थियो ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले पछिल्लो महिना उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको थियो । चीन र रुसले पनि नयाँ प्रतिबन्धमाथि सहमति जनाएको थियो ।
उत्तर कोरियाले तीन सेप्टेम्बरमा छैटौँ तथा सबैभन्दा ठूलो परमाणु बम परिक्षण गरेको थियो । यसै कारणले सुरक्षा परिषदले उसमाथि नयाँ प्रतिबन्ध लगाएको थियो ।
उत्तर कोरियाको दावा छ की उसले परमाणु बम विकसित गरेर मिसाइलमा लोड गरेर राखिएको छ ।
नयाँ प्रतिबन्धको माध्यमबाट उत्तर कोरियालाई आय स्रोत बन्ध गर्ने कोशिस गरिएको थ । उत्तर कोरियामाथि कपडा निर्यातमा प्रतिबन्ध लगाइको छ । यसको अलावा उत्तर कोरियाले आफ्नो सिमा भित्र मात्रै तेलको आयात गर्न पाउँछ । बीबीसी ।


