अन्तत: ओलीले मागे प्रधानमन्त्री देउवाको राजिनामा !

काठमाण्डौ, २० असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् ।

फाईल फोटो

काँग्रेसभित्र माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री देउवामाथि दबाब परिरहेका बेला ओलीले उल्टै उनको राजीनामा मागेका हुन् । देउवा सरकार अल्पमतमा परिसकेको भन्दै उनले अल्पमतको प्रधानमन्त्रीले राजीनामा नदिनु राजनीतिक बेइमानी भएको उल्लेख गरे ।

अल्पमतको सरकार चलाउनेले कम्युनिष्ट शक्तिबीचको सहकार्यलाई अधिनायकवादी भन्न नमिल्ने तर्क उनको थियो । ‘अल्पमतमा परेपछि पनि सरकारमा बसिरहनेले कम्युनिष्टहरु मिल्दा अधिनायकवादी भनेको सुहाएन’, नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाललाई पार्टी प्रवेश गराउँदै ओलीले भने ।

उनले मुलुकमा कम्युनिष्ट शक्तिबाट अधिनायकवादको खतरा नरहेको भन्दै जनताको मन जितेर बहुमतको सरकार चलाउने उदघोष गरे । काँग्रेसप्रति कडा रुमिा प्रस्तुत भएका उनले सुकेको रुखमा मलजल गरेर काम नलाग्ने टिप्पणी गरे । – जुमएनपी ।

यो पनि हेर्नुहोस् – आजबाट म एमालेको सिपाही ! भन्दै नवराज सिलवाल एमाले मा प्रवेश ! 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।